निर्वाचित जनप्रतिनिधीहरुलाई बेवास्ता गरी अघि नबढ्न प्रमुख प्रशासकीय अधिकृतलाई आग्रह

sajha
प्रकाशित मिति: १४ मंसिर २०७७, आईतवार १६:४०

साझा न्यूज । कपिलवस्तु
निर्वाचित जनप्रतिनिधीहरुलाई वेवास्ता गरी अघि नबढ्न यशोधरा गाउंपालिकाका प्रमुख गिरिजेश कुमार पाण्डेयले प्रमुख प्रशासकीय अधिकृतलाई आग्रह गरेका छन् । गाउंपालिकाका कर्मचारीहरुको नयां जिम्मेवारी तोक्ने विषयमा प्रमुख प्रशासकीय अधिकृत तेज बहादुर चौधरीले गाउं कार्यपालिका पदाधिकारीहरुसंग समन्वय नगरी अघि बढ्दा गाउंपालिकामा विवाद सृजना भएको यशोधरा गाउंपालिकाका प्रमुख गिरिजेश कुमार पाण्डेयले बताए ।
गाउंपालिकामा हालै सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत चौधरीले गाउंपालिकामा हाजिर भए लगत्तै कार्यरत कर्मचारीहरुको जिम्मेवारी फेरबदल गरेका थिए । प्रमुख प्रशासकीय अधिकृतको यस्तो निर्णयबाट गाउंपालिकाका पदाधिकारीहरु आक्रोशित भई प्रमुख प्रशासकीय अधिकृत चौधरीलाई मनपरी आफुखुशी गरेको निर्णय फिर्ता लिन आग्रह गरेका छन् ।
गाउंपालिकाका सवै विषयमा कर्मचारीहरुले नै गाउंपालिका पदाधिकारीहरुसंग समन्वय नगरी अघि बढ्ने हो भने किन जनप्रतिनिधीहरु चाहियो ? गाउंपालिका प्रमुख गिरिजेश पाण्डेयले भने, “जनताले आफुहरुलाई ५ वर्षका लागि गाउंपालिकाको विकास निर्माण तथा समग्र कामकाज संचालनमा प्रमुख भूमिका गर्न जिम्मेवारी तोकेको छ ।” हिजोको दिनमा जनप्रतिनिधीहरु नहुंदा कर्मचारीहरुले हालीमुहाली गरेको जस्तो प्रशासकीय भूमिका अब हाम्रा लागि मान्य छैन, उनले भने ।
गाउंपालिकाका पदाधिकारीहरुको चर्को दबाब पछि प्रमुख प्रशासकीय अधिकृत कुर्मी भने केही लचिलो बनेका छन् । उनले कार्यालयमा हाजिर भए लगत्तै गाउंपालिका पदाधिकारीहरुसंग छलफल नै नगरी गरेका निर्णय सच्चाउन आफु सकारात्मक भएको बताएको गाउंपालिकाका एक पदाधिकारीले बताए ।

१४ मंसिर २०७७, आईतवार १६:४० मा प्रकाशित

 

Loading…