शुद्धोधनको पतरियामा वर्थिङ्ग सेन्टर संचालनमा

sajha
प्रकाशित मिति: १४ मंसिर २०७७, आईतवार २०:५३

कपिलबस्तु, मंसिर १४
जिल्लाको शुद्धोधन गाँउपालिका वडा नं. १ मा रहेको पतरिया स्वास्थ्य चौकीमा वर्थिङ्ग सेन्टरको उद्घाटन गरिएको छ । सो वर्थिङ्ग सेन्टरको उद्घाटन गाँउपालिका अध्यक्ष निसार अहमद खां, उपाध्यक्ष सुधादेवी पाण्डे, र वडा नं. १ का वडाध्यक्ष तिलकराम यादवले संयुक्त रुपमा गरेका हुन् ।
ग्रामिण क्षेत्रका गर्भवति महिलाहरुले स्थानीय स्तरमा नै बच्चा जन्माउनको लागी गाउंपालिकाले प्रत्येक वडामा वर्थिङ्ग सेन्टर संचालनमा ल्याउने गाउंपालिकाका अध्यक्ष निसार अहमद खांले बताए । हालसम्म २ वटा संचालनमा आएको र बाकीं ४ वटा स्वास्थ्य संस्थामा क्रमिक रुपमा संचालनमा ल्याउने योजना रहेको उनले बताए ।
साथै अध्यक्ष खांले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनको लागि गाउंपालिकाले प्रत्येक वडामा एम्वुलेन्स सेवा पनि संचालन गर्ने बताए । हालसम्म २ वटा वडामा एबुलेन्स संचालनमा आएको र बाकीं ४ वडामा सांसद विकास कोषको रकम अल्या गरि खरिद प्रकृया अगाडी बढाएकोले केही महिनामै ६ वटै वडामा रहेका स्वास्थ्य संस्थाहरुवाट एम्वुलेन्स संचालनमा आउने बताए ।
वर्थिङ्ग सेन्टर संचालनको लागि स्वास्थय कार्यालय कपिलवस्तु, फेयर मेड, कालिका स्वावालमवन सामाजिक केन्द्र, युनिसेफ नेपाल , पिस नेपाल लगायतका संस्थाले सहयोग गरेका थिए । वर्थिङ्ग सेन्टर संचालन आएपछि स्थानीय महिलाहरुलाई धेरै फाइदा पुगेको स्थानीय महिला मिना फकिरले बताइन् । वडा नं १ का अध्यक्ष तिलकराम यादवको अध्यक्षता राम बहादुर चौधरीको स्वागत र स्वास्थ्य चौकी प्रमुख नथई चौधरीको संचालनमा कार्यक्रम भएको थियो ।
सो अवसरमा उपाध्यक्ष सुधादेवी पाण्डेय, जसपा पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र यादव, युवा नेता कमलेशशरण चौधरी, स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख योगेन्द्र भगत, फेयर मेडका शशि कर्ण, कालिका स्वालवलम्वनका रामेन्द्र सिंह रावल , स्वास्थ्य संयोजक अस्फाक अहमद खां, २ नं वडा अध्यक्ष मनोज कुमार यादव, पुर्ण केशर माविका प्रअ लिला खनाल लगायतले वर्थिङ्ग सेन्टर निरन्तर संचालन र गुणस्तरिय सेवाको लागि शुभकामना दिएका थिए ।


१४ मंसिर २०७७, आईतवार २०:५३ मा प्रकाशित

 

Loading…