बर्थिङ सेन्टर संचालन भएकै दिन सुत्केरी भएका ३ महिलालाई सम्मान

sajha
प्रकाशित मिति: १७ मंसिर २०७७, बुधबार २०:०१

कपिलवस्तुको सुद्धोदन गाउँपालिका–१ मा ३ दिनअघि संचालनमा आएको पतरिया बर्थिङ सेन्टर संचालन भएकै दिन सुत्केरी भएका ३ महिलालाई सम्मान गरिएको छ। वडा कार्यालयले स्थानीय महिला शसकला कुर्मी, संगीता केवट र कलावती यादवलाई स्वागत र सम्मान गरेका हो।

वडा सचिव तिलकराम यादवले सुत्कोरी ३ तीनैजना महिलालाई खादा र फूलमाला लगाएर सम्मान गरेका थिए। सो अवसरमा उनीहरुलाई स्वास्थ्य संस्थामा सुत्केरी गराउदा पाउने १८ सयका दरले नगद समेत हस्तान्तरण गरिएको थियो। स्वास्थ्य संस्थामा सुत्केरी हुँदा तराईका जिल्लामा १ हजार र ४ पटक गर्भजाँच गराए बापत ८ सय पाउने गर्छन्। सो अवसरमा वडाध्यक्ष याादवले सबैको अथक प्रयासले आफ्नै वडामा बर्थिङ सेन्टर संचालनमा आएको बताए।

उनले अब सामान्य अवस्थाको बच्चा जन्माउन बाहिर जानु पर्ने बाध्यता हटेको बताए। उनले स्वास्थ्य सुबिधाका लागि वडाले थप लगानी गर्ने बताए। कार्यक्रममा स्वास्थ्य चौकीका प्रमुख नाथुराम चौधरीले वडावासीहरुले अहिले वडा मै राम्रो स्वास्थ्य जाँचको सेवा पाउने गरेको बताए। उनले पतरिया स्वास्थ्य चौकीलाई नमुना बनाउने बताए।


१७ मंसिर २०७७, बुधबार २०:०१ मा प्रकाशित

 

Loading…