सुनको भाउ आज ताेलामा ११ सय रुपैयाँले बढ्याे

काठमाण्डाै –
सुनको भाउ आज ताेलामा ११ सय रुपैयाँले बढेको छ ।
आज सुनको भाउ ९६ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ ९५ हजार ३ सय रुपैयाँ थियो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ४० डलर पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अझै बढ्ने सम्भावना रहेकाले नेपाली बजारमा पनि भाउ बढ्ने सम्भावना देखिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।
उहाँकाअनुसार अहिले अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर रहेकाले लगानीकर्ता सुनमा आकर्षित भएका छन् । यसले गर्दा भाउ अझै बढ्ने अनुमान गरिएको हो । यस्तै, आज चाँदीकाे भाउ ताेलामा १० रुपैयाँले बढेर ताेलाकाे १३ सय ३५ रुपैयाँमा पुगेको छ।
२१ पुष २०७७, मंगलवार १३:०६ मा प्रकाशित