सुनको भाउ एकैदिन १३ सय रुपैयाँले घट्यो

sajha
प्रकाशित मिति: २३ पुष २०७७, बिहीबार १२:२९

काठमाण्डौ –

सुनको भाउ आज एकैदिन ताेलामा १ हजार ३ सय रुपैयाँले घटेको छ ।

सुनको भाउ आज तोलामा ९५ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९६ हजार ७ सय रुपैयाँ तोकिएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटबढ हुँदा नेपालमा पनि घटबढ हुने गरेको छ । चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।


२३ पुष २०७७, बिहीबार १२:२९ मा प्रकाशित

 

Loading…