सन्दर्भ पृथ्वी जयन्ती: राष्ट्रनिर्माताको सम्झना

sajha
प्रकाशित मिति: २६ पुष २०७७, आईतवार ०७:२९

 -श्याम क्षेत्री

पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको रूपमा नेपालीजनले पौष २७ गते मनाउदै आएक छन्। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्झना गर्ने र श्रध्दाञ्जली अर्पण गर्ने परम्परा जनस्तरमा कायम रहेतापनि लोकतन्त्रपछिको सरकारले औपचारिक रुपमा यो दिवस मनाउन छाडेको छ । तैपनि पृथ्वी नारायण शाहका दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक छन् । यी दिव्य उपदेश पढ्दा उनी दूरदर्शी राजा हुन् भन्ने प्रष्ट हुन्छ ।

गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माता समेत भन्ने गरिएको छ ।

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म पौष २७ गते १७७९ विक्रम संवत् मा भएको हो । विक्रम संवत् १७९९ साल चैत्र २५ गते, रामनवमीका दिन २० बर्षको उमेरमा गोर्खामा राज्यरोहण गरेका थिए । ‘विशाल नेपाल’ सम्राज्यवादी शक्तिसँग भिडेर स्थापित भएको राष्ट्र हो ।

पृथ्वीनारायण शाहले दिएका केही दिव्य उपदेशहरु:

१. मेरा साना दुखले आर्जेको मुलुक होइन ।
२. हाम्रो देश सबै जातिको साझा फुलबारी हो ।
३. नेपाल दुई ढुङ्गाबीचको तरुल हो ।
४. टक्सार चोखो चलाउनु, अदालतको पैसा दरबार नहाल्नु ।
५. घूस लिन्या र दिन्या दुवै राष्ट्रका महाशत्रु हुन।

पृथ्वीनारायण शाहले दिएका यिनै उपदेशहरु एक विशाल जग बनेको छ, तर खै उपदेशहरु पालन गर्न सकेको हामीले अनि हाम्रो राज्यले ?”घुस लिन्या र दिन्या दुवै देशका शत्रु हुन ” यस्ता उनका अभिव्यक्ति अहिले पनि निकै सान्दर्भिक छन् ,भ्रष्टाचारले गाजेको राज्यसत्तामा कसले यिनको चासो राख्ला खै ? अहिले पनि उनी जस्तै दुरदर्शी शासक हाम्रो राज्यमा भएदेखि हामी साँच्चै संसारकै विकसित राष्ट्रहरु मध्य एक हुन्थ्यौं । उनी हाम्रा पुर्खा हुन् । उनले हामीलाई एक सिङ्गो राष्ट्र दिएर गए एक यस्तो राष्ट्र जुन कहिल्यै परशक्तिसँग झुकेन न त कहिल्यै बन्धक भएर नै बस्यो ।

यद्यपि, उनको आलोचना पनि उत्तिकै हुने गरेको छ ।आलोचकहरुले एकल जाति–नश्ल, एकल संस्कृति, एकल धर्म र सम्प्रदायको वर्चस्व स्थापित गरेको भन्दै उनी राष्ट्र निर्माता नभएको तर्क गर्ने गरेका छन् ।

पृथ्वीनारायण राजा थिए, तर अहिले राजतन्त्र पाखा लागिसकेको छ त्यसैले उनको सम्झना र सम्मान गर्नु समयसापेक्ष हुँदैन भन्ने तर्क गर्नेहरू बेला-बखत भेटिन्छन् । परन्तु यो युक्तियुक्त तर्क होइन किनभने अभिलेख र इतिहासका क्रम कुनै व्यक्ति वा समूहलाई नमीठो लाग्दैमा मेट्न सकिंदैन। जस्तो, १०४ वर्षे राणा शासनसित गाँसिएका शोषणका कथा-व्यथा निन्दनीय छन्/हुन् भन्दैमा त्यस कालखण्डलाई नेपालको इतिहासबाट झिकेर फाल्न मिल्दैन। वर्तमानलाई हेर्ने यो भने पृथ्वीनारायण शाहको विरोध गर्नेहरूसमेत समर्थन गर्ने अवस्थामा देखिन् थालेको छ।

पृथ्वी जयन्तीको अवसरमा विगतमा सार्वजनिक बिदा दिइने गरेको थियो । तर, पछिल्ला केही वर्षयता बिदा कटौती भएको छ। पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा गोरखाबाट काठमाडौंसम्म हिँडेको बाटो हुँदै नेपाली सेनाले पदयात्रा गर्ने गरेको छ ।-साझा न्यूज साप्ताहिकबाट


२६ पुष २०७७, आईतवार ०७:२९ मा प्रकाशित

 

Loading…