कुलेश्वर केन्द्रबिन्दु बनाएर भूकम्पकाे परकम्प

काठमाण्डाै –
काठमाण्डौमा भूकम्पकाे परकम्प गएको छ । काठमाण्डौको कुलेश्वर केन्द्रबिन्दु भएर दिउँसो २ बजेर ३२ मिनेटमा ३ दशमलव १ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
परकम्पको धक्का कुलेश्वरसहित आसपास र ललितपुरका केही क्षेत्रमा महसुस गरिएको थियो ।
२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पको परकम्प अझै पनि गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
२७ पुष २०७७, सोमबार १६:११ मा प्रकाशित