‘चन्द्रागिरी हिरो अफ दि इयर २०२०’ बाट समाजसेवी प्रधान सम्मानित

sajha
प्रकाशित मिति: २८ पुष २०७७, मंगलवार ११:४७

काठमाण्डाै –

समाजसेवी देवेन्द्र प्रधान ‘चन्द्रागिरी हिरो अफ दि इयर २०२०’ बाट सम्मानित हुनुभएको छ । विशेषगरी चन्द्रागिरी नगरक्षेत्रका समाजिक काममा उल्लेखनीय योगदान पुर्याएबापत उहाँलाई सम्मान अर्पण गaरिएको हो ।

क्रेटर्स ग्रुपद्वारा सोमबार चन्द्रागिरी हिल्समा आयोजित कार्यक्रममा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले प्रधानलाई सम्मान प्रदान गर्नुभएको हो । ‘सम्मानले आफूलाई आउँदाे दिनमा समाजसेवामा अझै निरन्तर लाग्ने प्रेरणा मिलेको छ ।’ युवा व्यवसायी समेत रहनुभएका प्रधानले कार्यक्रममा भन्नुभयो ।

कार्यक्रममा ‘प्लेयर अफ दि इयर २०२० ’बाट बक्सिङ खेलाडी दीपक महर्जन सम्मानित हुनुभएका थियो । पृथ्वी जयन्तीका अवसरमा आयोजित कार्यक्रममा ‘नेशनल क्रेटर्स अवार्ड २०२०’ बाट विभिन्न क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका पाँच व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

यसरी सम्मानित हुनुहुनेमा रमेश खरेल, कुलमान घिसिङ, अनुराधा कोइराला,सपना रोक्का मगर र डा. सन्दुक रुइत हुनुहुन्थ्यो ।


२८ पुष २०७७, मंगलवार ११:४७ मा प्रकाशित

 

Loading…