छात्रामाथि याैन दुर्व्यवहार गरेकाे आराेपमा आरआर क्याम्पसका प्राध्यापक पक्राउ

sajha
प्रकाशित मिति: २८ पुष २०७७, मंगलवार १६:२१

काठमाण्डाै –

काठमाण्डाैकाे प्रदर्शनी मार्गमा रहेको रत्नराज्य (आरआर) लक्ष्मी क्याम्पसका प्राध्यापक विष्णु आचार्य यौन दुर्व्यवहारकाे आरोपमा पक्राउ परेका छन् ।

एक छात्राले आफूमाथि दुर्व्यवहार गरेको उजुरीका आधारमा प्राध्यापक आचार्यलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डाैले जनाएको छ । पक्राउ परेका आचार्यविरुद्ध अभद्र व्यवहारमा म्याद थप गरेर अनुसन्धान सुरु गरिएको परिसरले जनाएको छ ।

प्राध्यापक आचार्यले छात्रालाई यौनजन्य सन्देश पठाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ


२८ पुष २०७७, मंगलवार १६:२१ मा प्रकाशित

 

Loading…