कोरोना अपडेटः ४३० संक्रमित थपिए, ३९० डिस्चार्ज, ५ को मृत्यु

sajha
प्रकाशित मिति: २८ पुष २०७७, मंगलवार १७:०२

काठमाण्डौं । नेपालमा आज ४३० जना कोरोना संक्रमित थपिएका छन् । ५३ सय जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सगँै कुल संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ ।

यसै गरी आज ३९० जना मात्र संक्रमित डिस्चार्ज भएका छन् । यो अन्य दिनको तुलनामा कमी हो । यो सगैँ कोरोनामुक्त हुनेको संख्या २ लाख ५९ हजार ३५८ पुगेको छ ।
यस्तै कोरोनाबाट २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । यो सगैँ कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १९३२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अब सक्रिय संक्रमितको सख्या ४ हजार ४०८ जना रहेका छन् ।


२८ पुष २०७७, मंगलवार १७:०२ मा प्रकाशित

 

Loading…