बस दुर्घटना, १२ जना घाइते

sajha
प्रकाशित मिति: २९ पुष २०७७, बुधबार १२:३०

अर्घाखाँची ।

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर – १४ सिमलपानीमा आज भएको बस दुर्घटनामा १२ जना घाइते भएका छन् । शितगंगा नगरपालिका १३ को छेडाबाट कपिलबस्तुको बैरियाका लागि छुटेको लु१ख ७८१४ नम्वरको बस शितगंगा १४ छन्त्यालरुखमा बस दुर्घटना भएको हो ।

ब्रेक फेल भएर भएको दुर्घटनामा चालक सहित १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ । घाइते ९ जनालाई उपचारका लागि कपिलबस्तुको बैरिया अस्पतालमा र ३ जनालाई लुम्विनी प्रादेशिक अस्पतालमा पठाइएको पठाइइको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक माधब बुढाथोकीले बताउनु भयो ।


२९ पुष २०७७, बुधबार १२:३० मा प्रकाशित

 

Loading…