बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

sajha
प्रकाशित मिति: २९ पुष २०७७, बुधबार १७:३८

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

बैठक चार बजेका लागि बोलाइएको भए पनि ५ बजे मात्रै बैठक सुरु भएको बालुवाटार स्रोतले बताएको छ ।

सोमबार र बिहीबार नियमित भए पनि बुधवारका लागि भने प्रधानमन्त्रीले आकस्मिक रूपमा बैठक डाकेका हुन् । बैठकले नियमित प्रस्तावसँगै केही अन्य निर्णयहरू पनि गर्न सक्ने बताइएको छ ।


२९ पुष २०७७, बुधबार १७:३८ मा प्रकाशित

 

Loading…