झारफुक गर्दा झाँक्रिले हानेर बिरामीको मृत्यु

sajha
प्रकाशित मिति: २९ पुष २०७७, बुधबार १८:४६

गुल्मीमा झारफुकको नाममा झाँक्रिले पनिउले हानेर एकजनाको ज्यान गएको छ । झारफुक गर्ने क्रममा रेसुङ्गा नगरपालिका – १ का ३८ बर्षिया राम प्रसाद श्रेष्ठले तातो पनिउले हानेर जिल्लाको इस्मा गाउँपालिका – ३ दर्लामचौरका ६३ बर्षिया राम बहादुर मुखियाको ज्यान गएको प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रविणलाल श्रेष्टले जानकारी दिए ।

राम बहादुर ढाड दुखेकोले झारफुक गर्न भन्दै दुई छोराहरुको साथमा तम्घास धामिकै घरमा आएका थिए । चारदिनसम्म पनि रामबहादुरलाई खान नदिई तातो फलामे डन्डी, स्टिलको झाँझर तताएर तथा प्लास्टिक पाइपले हानेको मृतकका छोरा हुम बहादुरले बताए ।  

बुधबारबाट मुखिया अचेत भएपछि धामि स्वयम् श्रेष्ठले आफ्नो घरमा केही अपरिचित व्यक्ति आई हल्ला मच्चाएको भनि प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उनको उजुरीपछि प्रहरी निरिक्षक सन्तोष चन्दको नेतृत्वमा उनकै घर पुगेको प्रहरीको समुहले धामिले हानेर मुखियाको मृत्यु भएको रहस्य पत्ता लगाएको हो । मृतक रामबहादुरको सबैजसो भागमा डामहरु रहेका छन् । 

 घटनामा संलग्न ३८ बर्षिया धामी श्रेष्ठ रामप्रसाद र उनकी श्रीमती ३६ बर्षिय शान्तिला श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख श्रेष्टले बताए ।


२९ पुष २०७७, बुधबार १८:४६ मा प्रकाशित

 

Loading…