सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घट्यो

sajha
प्रकाशित मिति: ५ माघ २०७७, सोमबार १४:५८

काठमाण्डाै –

सुनको भाउ आज ताेलामा दुई सय रुपैयाँले घटेको छ ।

हिजो सात सय रुपैयाँले घटेर ताेलाकाे ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज ९१ हजार ६ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ घटेकाले नेपाली बजारमा पनि सस्तो भएको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।

चाँदीको भाउ भने आज हिजोजस्तै तोलाको १२ सय ३० रुपैयाँ कायम गरिएको महासङ्घले जनाएको छ ।


५ माघ २०७७, सोमबार १४:५८ मा प्रकाशित

 

Loading…