आन्दोलन गर्दा गर्दै उखु किशानले ज्यान गुमाए तर फेरी पनि सम्झौता अनुसार पैसा पाएनन्

sajha
प्रकाशित मिति: ६ माघ २०७७, मंगलवार १३:११

काठमाण्डौं ।

पटक पटक भुक्तानी दिलाउने आस्वासनमा आन्दोलन सम्झौतामा टुंग्याउदै आएका उखु किशानले यस पटक पनि सम्झौता अनुसार किशानले भुक्तानी पाउन नसकेको गुनासो गरेका छन् । काठमाण्डौमा चिसो मौसममा समेत लामो आन्दोलन गरेका किशान मध्य एक जनाको मृत्यु समेत भएको थियो ।

लामो समयदेखि बक्यौता नपाउदा कृषकहरुले आफ्नो घरबासै बेच्नु पर्ने अवस्था समेत आएको थियो । यसबीचमा केही मिलहरुले केही रकम भुक्तानी गरे पनि पुरै रकम नदिएको उनीहरुको गुृनासो छ । सरकार र उखु किसानबीच भएको सहमतिको समय सकिँदा १९ करोड २० लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको पाइएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गृह मन्त्रालयलाई बुझाएको विवरणअनुसार उखु उद्योगीले ७० करोड ५८ लाख रुपैयाँमध्ये ५१ करोड ३८ लाख रुपैयाँ मात्रै भुक्तानी गरेका छन् । ‘सोमबार दिउँसोसम्मको तथ्यांकअनुसार उद्योगीहरूले ५१ करोड ३८ लाख रुपैयाँ वितरण गरेका छन् ।उखुको बक्यौता रकम माग्दै मंसिर २८ देखि माइतीघरमा आन्दोलनरत उखु किसानले पुस १३ मा सरकारसँग सहमति गरेका थिए ।

सम्झौतापत्रमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी उद्योगीले किसानलार्ई भुक्तानी गर्नुपर्ने बक्यौता रकम सम्बन्धित उद्योगबाट २१ दिनभित्र उपलब्ध गराउने व्यवस्था मिलाउने उल्लेख छ । सहमतिको अवधि सोमबार सकिएको छ । यसअघि २०७६ पुस १८ मा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टकै उपस्थितिमा उखु किसानबीच सहमति भएको थियो ।


६ माघ २०७७, मंगलवार १३:११ मा प्रकाशित

 

Loading…