सडक क्षेत्र पन्द्र पन्द्र मिटर कायम हुनु पर्ने

sajha
प्रकाशित मिति: १० माघ २०७७, शनिबार ०८:३२

कपिलवस्तु  माघ
कपिलवस्तु नगरपालिकामा पर्ने राष्ट्रिय राजमार्ग अन्र्गतका सडकमा सडकको दायाबाया पन्द्र पन्द्र मिटर कायम हुनु पर्ने माग गरिएको छ । सरकारले राममार्ग अन्गृत नगरपालिकामा पर्ने हुलाकी, खुनुवा– तौलिहवा र गोरुसिगे तथा तौहिलावा जितपुर सडक अन्र्गतका सडको दायाबाया २५ मिटर कायम गनुृ पर्ने निर्णय गरेको छ ।

मन्त्री परिषदले २०७६ जेठ ६ गते सडकको दायाबाया २५÷२५ मिटर कायम गर्नु पर्ने निर्णय गरेको छ । कपिलवस्तु नगरपालिकाले आफनो कार्यालयमा राखेको सर्वदलीय र सर्वपक्षीय बैठकले सम्बिन्धित निकायमा सडकको दायाबाया १५÷१५ मिटर कायमकालागि माग गर्ने निर्णय गरेको मेयर किरण सिंहले बताए । जमुहराप्ुल देखि नयाटोल हुदै छोटकी तौलिहवा सम्म, भिक्षुचोक देखि कुदान सम्म, भिक्षुचोक देखि चौबिस हजार पुल सम्म १५ मिटर कायम हुनु पर्ने माग गरिएको छ । सडक क्षेत्र १५÷१५ मिटर कायम हुनु पर्ने नगर कार्य समिति र नगर परिषदले समेत निर्णय गरीसकेको छ ।

सो क्षेत्रमा सडक मापदन्ड कायम हुदा घना बस्ती उजाड हुने, पुरातात्विक स्थलहरु समेत नष्ट हुने भएकाले सम्बिन्धित निकायमा सडका क्षेत्र १५÷१५ मिटर कायमकालागि अनुरोध गर्ने निर्णय गरिएको छ । हुलाकी सडक निर्माणकाक्रममा सडक क्षेत्रको दायाबाया १५÷१५ मिटर कायम गरी करिब ७ सय घर टहरा भत्काई सकिएको छ ।

घर टहरा भत्काएर घरहरु पुनः निर्माण समेत गरको अवस्थामा एकाएक सडक क्षेत्र २५ मिटर कायम गरिदा नगरबासीहरु आक्रोसित बनेका छन । सो अवसरमा निबर्तमान सांसद अतहर कमालले शहरबस्तीका सडकमा नगरपालिकालाई नै आवश्यक्ता अनुसार सडकको क्षेत्र कायम गर्न दिनु पर्ने बताए । उनले १५ मिटरमा बनाइएका घर टहराहरुलाई अब भत्काउन नहुने बताए । सो अवसरमा निबर्तमान सांसद बृजेश कुमार गूप्ताले १५ मिटर क्षेत्र छाडेर घरहरु बनाई सकिएको बेला अब सडक क्षेत्र २५ मिटर कायम गर्न उपयुक्त नहुने बताए । उनले नगरपालिकाले पनि यस बिषयमा बिशेष पहल गर्नु पर्ने बताए ।

पुर्व राजदुत दीप कुमार उपाध्यायले नगरपालिकामा अब रिङ रोड बनाउनु पर्ने बताए । सकड क्षेत्र २५ मिटर कायम हुदा अहिले सडक क्षेत्रमा पर्ने घरहरुको नक्सा निर्माण कार्य समेत रोकिएको छ । यस्ते बैकहरुले धितो दिन समेत रोकेका छन । नक्सा निर्माणको काम नगर कार्य समितिले निर्णय गरी अघि बढाईने प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताए ।

प्रदेश सदस्य धरम बहादुर श्रीवस्तव, रिना नेपाल, नेपाली कांग्रेसका नेता सुधाकर पाण्डेय, नेकपाका आजाद अहमद दर्जी, जनता समाजबादी पार्टीका नेता कैलाश अग्रहरी, राप्रपका नेता शंकर घिमिरे, प्रमुख प्रशाकीय अधिकृत शेषकान्त पोख्रेल लगायतका बैठकका सहभागीता थियो ।


१० माघ २०७७, शनिबार ०८:३२ मा प्रकाशित

 

Loading…