माछापुछ«े बैंकका तलबी खाता संचालकहरुलाई १४ लाख १० हजार रुपैया बराबरको बीमा तथा औषधी उपचार योजना

बैंकका प्रवन्धक देवेन्द्र के.सी.ले शिक्षक रवि प्रसाद कुर्मीलाई औषधी उपचार खर्च वापतको चेक रकम हस्तान्तरण गर्दै
साझा न्यूज । तौलिहवा (कपिलवस्तु)
माछापुछ«े बैंकमा तलबी खाता होल्डरलाई बैंकले प्रवाह गर्दै आएको बीमा सेवा तथा औषधी उपचार योजना तलबी कर्मचारीहरुका लागि आकर्षित बन्दै गएको छ । बैंकमा शुन्य मौज्दातमा तलबी खाता खोलाएका ग्राहकहरुका लागि बैंकले १४ लाख १० हजार रुपैया बराबरको वीमा तथा स्वास्थ्य उपचार सेवा प्रवाहको योजना संचालन गरेको छ ।
पछिल्ला दिनहरुमा माछापुछ«े बैंकमा शुन्य मौज्दातको तलबी खाता खोलेर बैंकबाट तलबी कर्मचारीहरुले बीमा तथा औषधी उपचार योजनाबाट धमाधम सेवा प्राप्त गरिरहेका छन् ।
कपिलवस्तु नगरपालिका वडा नं. ५ स्थित महादेव आधारभूत विद्यालय दलदलाहाका शिक्षक रवि प्रकाश कुर्मीलाई बैंकले ३६ हजार ७ सय ६ रुपैया एपेन्डिक्सको अपरेशन गर्दा लागेको खर्च रकम चेक भुक्तानी गरेको बैंकका प्रवन्धक देवेन्द्र के.सी.ले बताए । माछापुछ«े बैंकमा तलबी खाता रहेका निजी, सरकारी तथा अर्ध सरकारी कार्यालय एवं संघ संस्थाका कर्मचारीहरुले कुनै पनि रोग लाग्दा औषधी उपचारका लागि बैंकबाट खर्च रकम पाउने व्यवस्था छ ।
यस योजनाबाट तौलिहवा शाखा अन्र्तगत मात्रै २५ जना बढी तलबी खाता संचालकहरुले सेवा पाई सकेको वैंकका प्रवन्धक के.सी.ले बताए । बीमा तथा स्वास्थ्य उपचार योजना अन्र्तगत बैंकले तलबी खाता संचालकहरुलाई १० लाख रुपैया बराबरको दुर्घटना वीमा, ३ लाख रुपैया बराबरको ठुला तथा जटिल प्रकृतिका रोगको उपचार खर्च, १ लाख रुपैया बराबरको अस्पतालमा नियमित उपचार खर्च र १० हजार रुपैया बराबरको औषधी खरिदका लागि रकम प्रदान गर्नेछ ।
बचत संकलन र कर्जा लगानीका अलाबा बैंकले आफ्ना ग्राहकहरुका लागि ल्याएको दुर्घटना विमा र औषधी उपचार खर्चको यो योजनाबाट बैंकमा तलबी खाता होल्डरहरुको आकर्षण बढ्दै गएको छ । बैंकमा शुन्य मौज्दातको तलबी खाता संचालन गरेकै भरमा बैंकबाट औषधी उपचारका लागि सहयोग रकम प्राप्त गर्दा आफु निकै खुशी भएको शिक्षक कुर्मीले बताए ।
यसका साथै बैंकले एटीएम सेवा, ईन्टरनेट बैंकिंग सेवा, सहज ढंगबाट कर्जा प्रवाह र आकर्षक ब्याजदरको निक्षेप सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको प्रवन्धक के.सी.ले बताए ।
११ माघ २०७७, आईतवार ००:२१ मा प्रकाशित