गायिका प्रिया लामाको नयाँ पुर्वेली गीत खोटाङ्ग बजार सार्वजनिक

sajha
प्रकाशित मिति: १६ माघ २०७७, शुक्रबार २२:२३

ललितपुर । गायक केदार खोटाङ्गे र गायिका प्रिया लामा थोकरको स्वरमा सजिएको पुर्वेली गीत खोटाङ्ग बजार सार्वजनिक भएको छ ।                                     
उक्त गीतमा टिक टक भाईरल देबी खड्का लगाएतको अभिनय रहेको छ । केदार खोटाङ्गेको शब्द तथा नवराज रोकाको संगीतमा बनेको उक्त गीत रहर म्युजिक कृयशनको स्टुडियोमा रेकर्ड भएको छ भने गीतको म्युजिक भिडियोलाई केदार खोटाङ्गेले नै निर्देशन गरेका छन ।

प्रदिप सिंह थापाको संपादन रहेको भिडियोमा सपना तामाङ्ग,देबिका खड्का,सोफिया लोहार,मदन महरा लगाएतले अभिनय गरेका छन ।

पुर्बेली लयमा आधारित उक्त गीतमा साली भेनाको मायाँ प्रेम तथा खोटाङ्ग जिल्लाको सुन्दरता अनि आमाको मायाँ लगाएत बिषयबस्तुहरु समेटिएका छन । कोरोनाको कहर केहि हद सम्म कम हुन थाले पछि नेपाली गीत संगीत केहि चलायमान हुन थालेको छ र यसै परिबेशलाई समेत गीतमा समेटिएको छ । विशेषत नेपाली लोक संगीतका बिभिन्न भेगहरुमा फरक फरक भाका तथा लय हुने हुंदा यस्को सुन्दरता अंझै थपिएको छ ,काठे भाका पश्चिमेली भाका तथा देउडा लगाएत भाकाहरु संगै पुर्बेली भाकाहरुले पनि लोक संगीतमा उत्तिकै भुमिका खेलिरहेको छ ,यसै पुर्बेली लय तथा भाकामा आएको यो खोटाङ्ग बजार पनि उत्तिकै सुन्दर बनेको छ ।

 
 

१६ माघ २०७७, शुक्रबार २२:२३ मा प्रकाशित

 

Loading…