सुनको भाउ आज एकैदिन १५ सय रुपैयाँले बढ्याे

काठमाण्डाै –
सुनको भाउ आज एकै दिन १५ सय रुपैयाँले बढेको छ ।
हिजो तोलामा ९० हजार ४ सय रुपैयाँ रहेको सुनको भाउ आज एकै दिन १५ सय रुपैयाँले बढेर तोलाको ९१ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । हिजो तोलामा १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज १३ सय ४० रुपैयाँ पुगेको छ ।
२७ माघ २०७७, मंगलवार १५:२८ मा प्रकाशित