सुनकाे भाउ दुई सय रुपैयाँले बढ्याे

sajha
प्रकाशित मिति: ४ फाल्गुन २०७७, मंगलवार १३:४९

काठमाण्डाै –

आज सुनको भाउ बढेको छ ।

केही दिनदेखि निरन्तर ओरालो लागेको सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेर ९० हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक सय घटेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य तोलामा ९० हजार ४ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि बढेको छ ।

हिजो तोलाको एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदीकाे भाउ २० रुपैयाँ बढेर तोलाको एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


४ फाल्गुन २०७७, मंगलवार १३:४९ मा प्रकाशित

 

Loading…