अस्ट्रेलियामा फेसबुकमा समाचार हेर्न तथा सेयर गर्न नपाइने

sajha
प्रकाशित मिति: ६ फाल्गुन २०७७, बिहीबार १२:१०

काठमाण्डाै –

फेसबुकले अस्ट्रेलियामा समाचारमा प्रतिबन्ध लगाएको छ ।

सामाजिक सञ्जाल जाइन्टले अस्ट्रेलियाका प्रयोगकर्ताले फेसबुकमा समाचार हेर्न वा सेयर गर्न नपाउने बनाएको बीबीसीले जनाएको छ । यसले अस्ट्रेलियाका नागरिकलाई सूचना पाउनेमा समस्या हुने भएको छ । बिहान उठ्दा फेसबुकमा स्थानीय र अन्तर्राष्ट्रिय सबै न्यूज साइट बन्द भएको पाइएको त्यहाँका स्थानीयलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

अस्ट्रेलियामा आज बिहानदेखि स्थानीय तथा अन्तर्राष्ट्रिय समाचार संस्था वा वेबसाइटका फेसबुक पेजहरु ब्लक गरिएका छन्। यस्तै महत्त्वपूर्ण सरकारी निकायका फेसबुक पेजहरु पनि ब्लक भएका छन् । सरकारको स्वास्थ्य सम्बन्धी सामग्री र आपत्कालीन फेसबुक पेजसमेत बन्द गरेको फेसबुकले पछि यसलाई भने खुला गरेको छ ।

अस्ट्रेलिया सरकारले फेसबुकको यो प्रतिबन्धलाई उसको विश्वसनीयताका लागि खतरा भएको  टिप्पणी गरेको छ । समाचारजन्य सामग्रीका लागि फेसबुकले पैसा तिर्नुपर्ने अस्ट्रेलियाको प्रस्तावित कानुनको विरोधमा यस्तो प्रतिबन्ध लगाइएको हो ।


६ फाल्गुन २०७७, बिहीबार १२:१० मा प्रकाशित

 

Loading…