महिला लिगमा वालिङ र चन्द्रपुर नगरपालिका खेल्दै

sajha
प्रकाशित मिति: ६ फाल्गुन २०७७, बिहीबार १३:०१

काठमाण्डाै –

राष्ट्रिय महिला लिग फुटबलमा आज वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिका खेल्दै छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो २ बजे हुने खेलमा दुवै टिम जित निकाल्ने दाउमा हुनेछन् । वालिङ ११ खेलमा १४ अंक जोडेर लिगको पाँचौं स्थानमा छ ।

चन्द्रपुर ९ अंक जोडेर छैठौं स्थानमा रहेको छ । राष्ट्रिय महिला लिग फुटबलको उपाधि एपीएफले जितिसकेको छ ।

हिजो खेलमा त्रिभुवन आर्मी र पुलिस क्लबले बराबरी खेलेसँगै एपीएफले उपाधि जितेको थियो ।


६ फाल्गुन २०७७, बिहीबार १३:०१ मा प्रकाशित

 

Loading…