महिला लिगमा एपीएफ र त्रिभुवन आर्मी क्लबबीच अन्तिम खेल हुँदै

sajha
प्रकाशित मिति: ७ फाल्गुन २०७७, शुक्रबार १०:२१

काठमाण्डाै 

राष्ट्रिय महिला लिग फुटबलमा आज अन्तिम खेल हुँदैछ ।

दिउँसो २ बजे दशरथ रङ्गशालामा एपीएफ र त्रिभुवन आर्मी फुटबल क्लबबीचको खेल हुँदै छ । एपीएफले लिगको उपाधि जितिसकेको छ भने आर्मी उपविजेता बनिसकेको छ ।

डबल राउण्ड रोबिनको आधारमा सुरु भएको खेलमा ७ समूह सहभागी भएका थिए । प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ, दोस्रोले ८ लाख रुपैयाँ, तेस्रोले ५ लाख रुपैयाँ र चौथो हुनेले ३ लाख रुपैयाँ पाउनेछन् ।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर र विधागत उत्कृष्ट खेलाडीले जनही ५० हजार रुपैयाँ पाउनेछन् ।


७ फाल्गुन २०७७, शुक्रबार १०:२१ मा प्रकाशित

 

Loading…