कपिलबस्तुमा ७१ औ प्रजातन्त्र दिवस मनाईयो

sajha
प्रकाशित मिति: ७ फाल्गुन २०७७, शुक्रबार १९:२१

कपिलवस्तु ७ फागुन
कपिलवस्तुको तौलिहवामा ७१ औ प्रजातन्त्र दिवस बिभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसका अवसरमा र्याली सहीत फलफुल बितरण, सरसफाई डोरीतान प्रतियोगीता गरिएको हो ।
शुक्रवार दिवसका अवसरमा तौलिहवामा र्याली निकालिएको थियो । र्याली पछि कपिलवस्तु नगरपालिका सभा हलमा आयोजित सभामा प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले लामो संघर्ष पछि आएको प्रजातनत्रलाई संथागत गर्नु पर्ने बताए । उनले जनताले अनुभुति हुने किसिमले काम गरिए मात्र शहीदहरु प्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।
सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालले मुलुकमा प्रजातन्त्र स्थापना भएको ७१ बर्ष हुदा पनि अझै सम्म जनताले त्यसको अनुभुति गर्न नसकेको भन्दै गुनासो गरे । उनले प्रजातन्त्र लोकतन्त्र गणतन्त्र ब्यवस्थालार्इृ बचाई राख्न हरेकले आ– आफनो स्थानबाट भुमिका खेल्नु पर्ने बताए । प्रजातन्त्र दिवसमा गरिएको कार्यक्रममा कर्मचारी र सुरक्षाककर्मी गरी ढेड सय बढीको सहभागीता रहे पनि जन प्रतिनिधिकोरुपमा जिल्ला समन्वय समितिका प्रमुख खनालको मात्र सहभागीता थियो ।
सो अवसरमा डोरीतान प्रतियोगीतामा प्रथम भएका नेपाल प्रहरी र द्धितीय भएका सशस्त्र प्रहरीलाई प्रमाण पत्र प्रदान गरिएको थियो । जिल्ला समन्वय समितिका प्रमुख खनालको अध्यक्षता, भुमी पोख्रेलको संचालनमा भएको कार्यक्रममा पत्रकार किरणमान बज्राचार्य, नागरिक समाजका सदस्य पशुपतिमणि त्रिपाठी लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
सो अवसरमा स्थानीय सकुन्ताल पौडेलले कबिता बाचन समेत गरेकी थिईन । कार्यक्रकै बिच जिल्ला निर्वचनत कार्यालयले निर्वाचन आचरसंहीताका बिषयमा जानकारी गराएको थियो ।


७ फाल्गुन २०७७, शुक्रबार १९:२१ मा प्रकाशित

 

Loading…