प्रजातन्त्र दिवसको अवसरमा कपिलबस्तु कारागारका ९ कैदी रिहा

sajha
प्रकाशित मिति: ७ फाल्गुन २०७७, शुक्रबार १९:४१

नारद कोहार
कपिलवस्तु ७ फागुन
कपिलबस्तु कारागारबाट ७१ औ प्रजातन्त्रको अवसरमा ९ कैदी रिहा भएका छन् । कारागारबाट राम्रो चालचलन भएका कैदीहरुलाई रिहा गरिएको हो ।
विभिन्न मुद्दामा सजाय कटिरहेका अदालतद्वारा तोकिएको ५० प्रतिशत सजाय भुक्तान गरेका कैदीहरुलाई कारागार ब्यवस्थापन बिभागको आदेशमा उनीहरुलाई रिहा गरिएको कारागारका जेलर राकेश पाण्डेले बताए ।
देशभरका ८ सय ७६ कैदीलाई दिवसकै अवसरमा बिभागले रिहा गर्न आदेश दिएको थियो । रिहा हुनेहरुमा कत्तब्र्य ज्यान मुद्दका ५, ज्यान मार्ने उद्योगका एक, सवारी ज्यान मुद्दाका एक, सवारी ज्यान र गौबधका एक तथा चोरी मुद्दाका एक जना रहेका छन । रिहाईकालागि कैदीको चालचलन, कैद भुक्तान अवधिलाई आधार बनाईएको थियो । रिहाई हुने कैदीहरुलाइृ स्वागत गरी घरमा लैजान कारागार परिसरमा आफन्तहरुको भीड लागेको थियो ।
कैदीको अवधि बाकी छदै रिहा भएका कैदीहरु निकै खुशी देखिन्थे । जलेर पाण्डेले अनुशासित कैदी रिहा भएकोमा आफुलाइृ पनि संतुष्टी मिलेको बताए । सिफारिस गरिएका सबै ९ जनालाई नै बिभागले रिहा गर्ने आदेश दिएको थियो ।


७ फाल्गुन २०७७, शुक्रबार १९:४१ मा प्रकाशित

 

Loading…