निर्वाचन आयोगले जनताले देखिने गरी काम नगरेको प्रधानमन्त्रीको भनाई

sajha
प्रकाशित मिति: ७ फाल्गुन २०७७, शुक्रबार १९:५६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगले जनताले देखिने गरी काम नगरेको बताएका छन् ।

७१औँ प्रजातन्त्र दिवसका अवसरमा आयोजित समारोह सम्बोधन गर्दै उनले भने, ‘निर्वाचन गर्नुपर्ने निकायहरूले निर्वाचनको तयारी समयमा गर्नुपर्छ । मैले पुस ५ मा प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि पुस ६ मा निर्वाचन आयोगलाई बोलाएर अब निर्वाचनको तयारी गर्नुस् भनेको हुँ ।’

आयोगमा पुगेरै पनि निर्वाचन तयारीबारे सोधबुझ गरेको पनि प्रधानमन्त्री ओलीले बताए । ‘तयारी भइरहेको छ भन्नुभयो तर जनताले निर्वाचन आयोगको तयारीबारे त्यत्ति थाहा पाउन सकेको छैनन्,’ उनले भने, ‘जनताले थाह पाउने गरी, समयमै निर्वाचन गराउने गरी जुट्नुपर्छ ।

उनले कतिपय तत्त्वहरूले यो घोषणा भएको निर्वाचन निर्वाचन नै होइन भन्ने आरोप लगाएको तर निर्वाचन गर्नका लागि र तोकिएकै मितिमा निर्वाचन गर्नका लागि मिति घोषणा गरिएको बताए । चुनावविरुद्ध कुनै प्रकारको षड्यन्त्र हुन नहुनेसमेत उनले उल्लेख गरे ।


७ फाल्गुन २०७७, शुक्रबार १९:५६ मा प्रकाशित

 

Loading…