ओलीको असंबैधानि कदमले मुलुक संकटमा फस्यो ः राप्रपा अध्यक्ष लोहनी

sajha
प्रकाशित मिति: ९ फाल्गुन २०७७, आईतवार ११:१४

इसाझा न्यूज । संवाददाता
कपिलवस्तु(तौलिहवा) फागुन ९
राप्रपाका अध्यक्ष डाक्टर प्रकाश चन्द लाहनीले ओलीको असंबैधानिक कदमले मुलुक संकटमा फसेको बताएका छन । दलीय किचलोमा फसेर आफनो निजी स्वार्थकालागि ओलीले संसद बिघठन गरे पछि मुलुक संकटमा फसेको उनले बताए ।
राप्रपा कपिवलवस्तुद्धारा तौलिहवामा आयोजित कार्यकर्ता भेला कार्यक्रममा सम्बोधन गर्दै उनले मुलुकलाई संकटबाट जोगाउन सबै एक हुुन पर्ने बताए । ‘ ओली जीले संबिधान मै नभएको कुराबाट असबैधानिक कदम चाले, मुलुम अहिले गहिरो संटमा फसेको छ, यसलाई सबै मिलेर बचाउनु पर्छ ’ उनले भने ।
दुई तिहाई नजिक पुगेको ओली सरकारको ३ बर्ष भष्ट्रचार र अनियमितता मै बितेको भन्दै उनले कांग्रेसले पनि अहिले संटक समाधानमा कुनै खासै भुमिका खेल्न नसकेको उनले बताए । राष्ट्रको अभिभावकारुपमा रहेको राष्ट्रपतिले पनि अभिभावकको भुमिका नखेल्न सकेकाले अहिले देशमा झनै समस्या आएको उनले बताए ।
‘ राष्ट्रपति जस्तो गरिमाय संस्था अहिले दलको एउटा गुटको कुरा मात्र सुन्नु भएको छ ’ उनले भने । अहिले देश अस्थिरता तर्फ धकेलिएको बेला बिदेशी हस्तक्षेप समते बढेको उनले बताए । अब यो देशमा बिस्तारै राजतन्त्र सहीतको हिन्दु राष्ट्रको कुरा उठन लागेको उनले बताए ।
सो अवसरमा पार्टीका केन्द्रिय सदस्य भीम बहादुर कुवर, धुब्र रायमाझी, कृष्ण बहादुर चौधरी, जनक पाठक, बिजय लक्ष्मी सिंह, ईद्रीस मुसलमान देबेन्द्र किरण श्रीवास्तव, राजेन्द्र अधिकारी लगातयले मन्तब्य दिएका थिए । कार्यक्रम जिल्ला अध्यक्ष नारायण बहादुर सिंहकोे अध्यक्षतामा भएको थियो ।


९ फाल्गुन २०७७, आईतवार ११:१४ मा प्रकाशित

 

Loading…