विमा क्षतिपुर्ति रकम हस्तान्तरण

sajha
प्रकाशित मिति: १२ फाल्गुन २०७७, बुधबार २१:३६

ईसाझा न्यूज । संवाददाता
कपिलबस्तु(जितपुर), फागुन १२
स्वाभिमान लघुवित्त वित्तिया संस्था लिमिटेड शाखा कार्याालय बनगाई कपिलबस्तुको आयोजनामा संचालित केन्द्र नं. २२ पदमपुरा स्वाभिमान माहिला समुहकी सदस्य सोन आहिरको मृत्यु भएपछि उनको बुहारी आरती अहिरलाई एक कार्यक्रम विच ५ लाख २० हजार विमा क्षतिपुर्ति रकम हस्तान्तरण गरिएको छ ।
स्व. सोन अहिरले यस शाखाबाट रु ४ लाखका कर्जा लिनु भएको थियो । उनको मृत्यु गत पौष ७ गते भएको हुदा विमा रकम दाबीको लागि श्रीमान रामलोचन अहिरले निबेदन दिएका थिए । कर्जा रकम रु ४ लाखको ३० प्रतिशत क्रिया खर्च बापत रकम रु १ लाख २० हजार गरी रु ५ लाख २० हजार प्रदान गरीएको हो ।
विमा रिलेयबल लाईफ इनस्योरेन्स कम्पनि लिमिटेड संग सम्झौता गरिएको थियो । विमा रकम हस्तन्तरण कार्यक्रममा बाणगंगा नगरपालिका वडा नं. ११ का वडाध्यक्ष सोनाथ अर्यालको प्रमुख अतिथ्यता, शाखा प्रमुख जमुना प्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कनिष्ठ सहायक अवधेश कुमार कोरीको संचालनमा भएको हो ।


१२ फाल्गुन २०७७, बुधबार २१:३६ मा प्रकाशित

 

Loading…