खोरेत रोग नियन्त्रण अभियानको अभिमुखिकरण गोष्ठी सम्पन्न

sajha
प्रकाशित मिति: १२ फाल्गुन २०७७, बुधबार २३:४०

नारद कोहार
कपिलबस्तु,फाल्गुन १२
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलबस्तुको आयोजनामा पशुमा लाग्ने खोरेत रोग नियन्त्रण अभियानको विषयमा अभिमुखिकरण गोष्ठी सम्पन्न गरेको छ । जिल्लाका स्थानिय तहका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीतामा गोष्ठी भएको हो ।
जनताको जिवन स्तरसंग सरोकार राख्ने व्यवसाय नै रहेको प्रदेश सभा सदस्य विष्णु पन्थिले बताउनु भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलबस्तुको आयोजनामा तौलिहवामा भएको खोरेत रोग नियन्त्रण अभियानको अभिमुखिकरण गोष्ठी कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
पन्थिले पशु चौपायमा देखिने खोरेत रोग नियन्त्रण, उन्मुलन र रोकथामको लागि प्रदेश सरकारले निरन्तर लागि परेको बताए । उनले यसको प्रदेश सरकारले एकल प्रयासमा संभव नभएको भन्दै स्थानिय तहको समेत साथमा खोप लगाउने अभियानको थालिन गरिएको बताए ।
खोरेत रोग नियन्त्रण अभियानलाई सफल पार्न प्रत्येक पालिकाले साझेदारीको रुपमा कार्य गर्नु पर्ने जिल्ला समान्वय समितिका सभापति नारायण खनालले बताए । प्रत्येक पालिले आफ्नो वडामा भएका पशुपन्छिलाई यो भ्यक्सीन लगायो भने मात्र न्यूनिकरण हुने सभापति खनालले बताए ।
यो कार्यक्रम शुभारम्भ हुदा आर्थिक बर्षमा के कस्ता समस्यहरु आइरहन्छन् त्यसलाई सम्बोधन गर्ने गरी आर्कौ आर्थिक बर्ष प्याराभेटहरुको संख्यामा बृद्धि गर्ने केन्द्रका प्रमुख दिपक भुषालले बताए ।
कार्यशाला गोष्ठीमा प्रदेशको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयका बरिष्ठ पशु चिकित्सक हरि बहादुर कुँवर, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलबस्तुका प्रमुख दिपक भुषालले विविध विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले किसानको समस्या नै सरकारको समस्या भएको भन्दै संभावित रोग रोकथामको लागि पुर्व तयारी गर्ने काम तिब्र रुपमा अगाडी बढिरहेको जानकारी गराएका थिए ।
कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारु, शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारी, जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारी लगायतको उपस्थिती रहेको थियो ।


१२ फाल्गुन २०७७, बुधबार २३:४० मा प्रकाशित

 

Loading…