सेवा सुबिधामा अब्बल बन्दै कपिलवस्तु अस्पताल न्युनतम सेवा स्टेन्डर्डमा कपिलवस्तु अस्पतालले हासिल गर्यो ७० अंक

sajha
प्रकाशित मिति: १५ फाल्गुन २०७७, शनिबार १८:०७

कपिलवस्तु १५ फागुन
न्युनतम सेवा स्टेन्डर्डमा कपिलवस्तु अस्पताल अब्बल रहेको पाइएको छ । न्युनतम सेवा स्टेन्डर्ड ( एमएसएस ) मा कपिलवस्तु अस्तालले ७० अंक हासिल गरेको हो । लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालको टोलीले अस्पतालको बिभिन्न ९ सय ३९ वटा बुदामा गरको अध्ययन अवलोकन पछि अस्पतालले सो अंक प्राप्त गरेको हो ।
स्वास्थ्य निर्देशनालयका उत्तम प्रचारेले कपिलवस्तु अस्पतालले एमएसएसमा ७० अंक हासिल गरेको कपिलस्तु अस्पतालमा आयोजित कार्यक्रममा सो जानकारी गराएका थिए । गत बर्ष कपिलवस्तु अस्पतालले ७ सय २१ बुदामा एमएसएसमा ६६ अंक हासिल गरेको थियो । प्रचारेले स्वास्थ्य सेवा प्रवाह, भौतिक अवस्था, मानवीय श्रोत, फोहर ब्यवस्थापन, खानेपानी सरसफाई लागतयका कुरामा कपिलस्तु अस्पतालको अवस्था राम्रो देखिएको बताए ।
अस्पतालमा केही सुधार गरिए यो अस्पताल अझै राम्रो हुने उनले बताए । सुशासन र ब्यवस्थापनमा ६८, चिकित्सकीय सेवा ब्यवस्थापन र अस्पताल सपोर्ट सेवामा ७० अंक हासिल गरेको छ । ४ बर्ष अघि यो अस्पताल १५ बेडबाट ५० बेडमा बिस्तार गरिएको थियो । कपिलवसतु अस्पतालका मेसु किशोर बन्जाडेले कडा मिहीनेत र टीम वर्कले कपिलवस्तु अस्पतालको अवस्था सुधार हुदै गएकोमा खुशी ब्यक्त गरे । उनले कपिलस्तु अस्पताललाई प्रदेश कै नमुना अस्पताल बनाउने तर्फ आफुहरु अग्रसर रहेको बताए ।
अस्पतालमा २४ घन्टे एक्सरे,ल्याब र फामेसीको सुबिधा उपलब्ध रहेको उनले बताए । ‘ बिभिन्न कठिनाईको बावजुत कपिलवस्तु अस्पतालले बिस्तारै जनतको मन जित्दै गएको बताए । कपिलवस्तु अस्पतालमा ईको सेवा बिस्तार गरिएको छ । ४ बेडको भेन्टीलेटर सहीत १० बेडको आईसिुयु सेवा बिस्तारकोको अन्तिम चरणमा पुगेको छ । अस्पतालमा दुई दर्जन बढी डाक्टर सहीत १ सय १८ जना कर्मचारी कार्यरत छन ।
कार्यक्रममा बरिष्ठ जनस्वानस्थय प्रशासक रोशनलाल चौधरी, स्वास्थय निर्देशनालयका शैलेन्द कुमार पाण्डेय, एमएसए फोकल पर्सन कौशल भन्डारी निक साईमन्सका सुरज बैध लगातयको सहभागीता रहेको थियो । अस्पतालले ७० अंक हासिल गरेकामा कपिलवस्तु अस्पतालका मेयर किरण सिंहले खुशी ब्यक्त गरेका छन । उनले मेसु बन्जाडेको अगुवाई गरिएको मिहीनेतले अस्पतालमा सेवा सुबिधाहरु बिस्तार भएको बताए । उनले सेवा सुबिधा प्रवाह र भौतिक अवस्थामा कपिलवस्तु अस्पताल अब्बल रहेको देखिएको बताए ।


१५ फाल्गुन २०७७, शनिबार १८:०७ मा प्रकाशित

 

Loading…