विश्वसामु महिलाको शक्ति,राष्ट्रपतिदेखि अन्तरिक्ष यात्रीसम्म:महिला दिवस विशेष

sajha
प्रकाशित मिति: २४ फाल्गुन २०७७, सोमबार १५:४५

 –सविना कार्की

महिलाले भरपुर अधिकार र अवसर पाए सबै खालका शक्तिशाली काम गर्न सक्छन् भने प्रमिणीत गरेका कैयौं उदाहरणहरु आज हामी संग प्रशस्तै छन् अनि ईतिहास साक्षी छ । आज१११औं अन्तर्राष्ट्रिय महिला दिवसकाे १११ दिन मलाई संसारका शक्तिशाली महिलाहरुको चर्चा सम्झना गर्न मन लाग्याे ।

विश्वका विभिन्न राष्ट्रले राष्ट्र प्रमुखकाे रुपमा जिम्मेवारी सम्हाल्ने महिलाहरुलाई पाइसकेकाे छ । उच्च ओहोदामा धेरै महिलाले सफलता पाएका छन् । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका मात्र होइन अन्य निकायमा पनि महिलाको उपस्थिति राम्रो हुँदै गएको छ । विश्वका विभिन्न देशले महिलालाई राष्ट्रपतिको रुपमा पाउनुकाे छ । विभिन्न तथ्य अनुसार हालसम्म विभिन्न देशबाट रुस,क्यानाडा,संयुक्त राज्य अमेरिका,जापान,दक्षिण काेरिया,इटलि,बेल्जियम ,फ्रान्सका गरि ६५ जना महिलाहरुले अन्तरिक्ष यात्रा गरिसकेका छन् । जसमध्ये सबैभन्दा पहिला वेलनटीना तेरेश्काेवाले १९६३ जुन ६ मा यात्रा गर्नुभएको मानिन्छ ।

विद्यादेवि भण्डारी: राष्ट्रपति हाम्रै देश नेपालमा वर्तमान अबस्थामै राष्ट्रपति हुनुहुन्छ उहाँ देशकाे मात्र हाेइन विश्वभरका महिला शक्तिको एक उदाहरण हुनुहुन्छ।

सुशीला कार्की: प्रधान न्यायाधीश सर्वोच्च अदालतको पूर्वप्रधानन्यायाधीश तथा नेपालकाे प्रथम महिला प्रधान न्यायाधीश बन्न सफल हुनुभयो । प्रधानमन्त्री खड्गप्रसाद ओली को अध्यक्षताको संवैधानिक परिषद्ले नेपालको सर्वोच्च अदालतले प्रधानन्यायाधीश पदको लागि उहाँको नाम सिफारिस गरेको थियो ।

ओनसरी घर्ती: सभामुख नेपालकाे राजनीतिज्ञ तथा रुपान्तरित व्यवस्थापिका संसदकाे सभामुख बन्न सफल उहाँ नेपालको पहिलो महिला सभामुख हुनुभयाे ।

त्यसैगरी एआइजी पदमा पनि नेलामा महिला बनिसकेकाे छ । भने सगरमाथा चढ्ने नेपालकाे प्रथम महिला पासाङ ल्हामु शेर्पा हुनुहुन्छ । विश्वभर महिलाहरु विभिन्न पदमा पुगिसक्नुभएकाे छ । विश्वभर महिलाहरु विभिन्न पदमा पुगिसक्नुभएकाे छ । जस्तै राष्ट्रपति,प्रधानमन्त्री, प्रधान न्यायाधीश ,सभामुख स एआइजी पाइलट,रेस्लर, आदि शक्तिशाली पद र काममा सफलता हासिल गरिसकेकाेले सम्पूर्ण नारीलाई अगाडि पढ्न प्राेत्साहन गराै ।

युनाइटेड किंगडममा, सेलिब्रेटी एक्टिनी एनी लेनोक्सले लन्डनको आइकनिक पुलहरूमा एक उत्कृष्ट मार्चको नेतृत्व गर्‍यो जसले विश्वव्यापी परम्परागत ,महिला अन्तर्राष्ट्रिय समर्थनको लागि जागरूकता खडा गर्‍यो। अक्सफ्याम जस्ता थप संस्थाले आईडब्ल्यूडीलाई समर्थन गर्ने व्यापक गतिविधि चलाएको छ र धेरै सेलिब्रेटीहरू र व्यवसायी नेताहरूले पनि सक्रिय रूपमा दिन समर्थन गर्दछ। महिलाले समानता र मुक्तिबारे दुबै महिला र समाजको विचारमा विश्वले महत्वपूर्ण परिवर्तन र मनोवृत्ति बदलाव देखेको छ। युवा पुस्ताका धेरैले महसुस गर्न सक्दछन् कि अधिकांश लडाईहरू महिलाले लड्न सक्छन्, नारीवादीहरूलाई केवल पितृसत्ताको दीर्घायु र जटिल जटिलता मात्र राम्रोसँग थाहा छ। अधिक महिलाको साथ, विधायी अधिकारमा बढी समानता र जीवनको हरेक पक्षमा प्रभावकारी भूमिकाका खेल्न सक्छ ।

महिहरु अघि बढ्न भएको इतिहास र संघर्षका यथार्थहरु : महिला बीच ठूलो अशान्ति र आलोचनात्मक बहस भइरहेको थियो। महिला उत्पीडन र असमानताले महिलाहरुलाई बढी मुखर र परिवर्तनको अभियानमा सक्रिय हुन प्रोत्साहित गरिरहेको थियो। सायद यसैकाे दरिलो दिन बन्याे महिला दिवस । महिला अधिकार, महिला सशक्तिकरण , महिला आत्म नीर्भर,र समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू बन्ने गरेका छन् ।

अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चमा मनाइने गरिन्छ । भने याे दिन एक विश्वव्यापी दिन हो जुन महिलाको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक उपलब्धिहरु लाई महत्त्वपूर्ण रुपमा स्मरण गर्दै अझै सशक्त बन्न प्राेत्साहन दिने गर्दछ । युगौँदेखि महिलालाई विभिन्न खाले भेदभाव हुने गरिन्थ्यो श्रम गरे बापत थाेरै र असमान ज्याला, महिलाले प्राप्त गर्ने , अधिकार र सुविधा बाट बन्चित, अन्धकारमा रहि आएका महिला मानवीय दृष्टिले कलङ्कित देखिने अनेक प्रकारका सुविधालाई समाजले गलत साेच्ने र सामाजिक मुल्यमान्यता लाई आत्मसात् गर्दै अघि बढ्न नसक्ने जस्ता सामाजिक र राष्ट्रियगत व्यबहारकाे बिरुद्ध महिलाहरू विरोधमा उत्रिन थाले ।

संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुअरि १९०९ मा सर्वप्रथम नारी दिवसको आयोजना गरेको थियो।सोशलिस्ट पार्टीले सन १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलन स्मरणमा २८ फेब्रुअरि १९०९ को दिन महिला दिवस मनायो। यसपछि यो फेब्रुअरि को अन्तिम आइतबारको दिन मनाइन थालियो। १९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रीय दर्जा प्राप्त भयो। त्यस समय यसको प्रमुख ध्येय महिलाहरुलाई मताअधिकार दिनु थियो, त्यस समय महिलाहरूलाई मत दिने अधिकर कतिपय देशहरुमा थिएन।

१९१७ मा रसियाको महिलाहरूले, महिला दिवसमा गास र कपासको लागि हडतालमा जाने निर्णय गरे। यो हडताल पनि ऐतिहासिक थियो। नारी दिवस सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो । भने १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय दर्जा प्रदान गरिएको थियो । नारी दिवस महिला जागरूकता सम्बन्धी दिवस पनि हो । यो ८ मार्चमा विश्वभर मनाइदै आयकाे छ ।

राजनितिक तवर बाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण , महिला आत्म नीर्भर र समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू बनिरहदा नेपालमा सयौं नारीहरु कति चपेटामा छन् कति दाइजोका कारण जिउँदै जल्नु परेका छन् ,कति गरेलु हिंसामा छन् कतिपय साेसाइटिमा छाेरी बुहारी बाधिरहेका छन् जसका कारण क्षमता भएर पनि केही गर्न सकेकाे छैन त्यस्तो अबस्थामाका महिला हरुलाई नारी दिवसले समेट्न सकाेस र समानतामा आउने जागरुकता प्रधान गराेस ।

युनाइटेड किंगडममा, सेलिब्रेटी एक्टिनी एनी लेनोक्सले लन्डनको आइकनिक पुलहरूमा एक उत्कृष्ट मार्चको नेतृत्व गर्‍यो जसले विश्वव्यापी परम्परागत ,महिला अन्तर्राष्ट्रिय समर्थनको लागि जागरूकता खडा गर्‍यो। अक्सफ्याम जस्ता थप संस्थाले आईडब्ल्यूडीलाई समर्थन गर्ने व्यापक गतिविधि चलाएको छ र धेरै सेलिब्रेटीहरू र व्यवसायी नेताहरूले पनि सक्रिय रूपमा दिन समर्थन गर्दछ।

महिलाले समानता र मुक्तिबारे दुबै महिला र समाजको विचारमा विश्वले महत्वपूर्ण परिवर्तन र मनोवृत्ति बदलाव देखेको छ। युवा पुस्ताका धेरैले महसुस गर्न सक्दछन् कि अधिकांश लडाईहरू महिलाले लड्न सक्छन्, नारीवादीहरूलाई केवल पितृसत्ताको दीर्घायु र जटिल जटिलता मात्र राम्रोसँग थाहा छ। अधिक महिलाको साथ, विधायी अधिकारमा बढी समानता र जीवनको हरेक पक्षमा प्रभावकारी भूमिकाका खेल्न सक्छ ।


२४ फाल्गुन २०७७, सोमबार १५:४५ मा प्रकाशित

 

Loading…