साहित्यकार कृष्णप्रकाश श्रेष्ठको निधन

sajha
प्रकाशित मिति: १७ चैत्र २०७७, मंगलवार १५:३५

काठमाण्डाै – साहित्यकार कृष्णप्रकाश श्रेष्ठको ८२ वर्षको उमेरमा गएराति निधन भएको छ ।

नेपाली र रुसी भाषाभाषीका सेतु मानिने श्रेष्ठ कोभिड-१९ बाट सङ्क्रमित भएर मस्कोकाे एक अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।

उहाँका ‘पुस्किनको जिन्सी’ खण्डकाव्यको रचनाका साथै लेर्मोन्तोभ, तुर्गनेभ, तोल्स्तोय, शोलोखोभ, हम्तोभतलगायत विदेशी लेखकका उपन्यास र काव्यहरुको नेपाली भाषामा अनुवाद कृति छन् ।


१७ चैत्र २०७७, मंगलवार १५:३५ मा प्रकाशित

 

Loading…