क्रिकेटर सचिन तेन्दुलकर अस्पताल भर्ना

sajha
प्रकाशित मिति: २० चैत्र २०७७, शुक्रबार १२:५१

काठमाण्डाै – भारतका चर्चित क्रिकेट खेलाडी सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन् ।

केही दिनअघि कोरोना सङ्क्रमित बनेका उनी डाक्टरको सल्लाह अनुसार अस्पताल भर्ना भएका हुन् ।

उनले ट्वीट गर्दै आफू डाक्टरको सल्लाहअनुसार अस्पताल भर्ना भएको र अबको केही दिनमै निको हुने विश्वास लिएकाे बताएका छन् ।

सचिन सन् २०११ मा भएको वर्ल्ड कपमा भारतलाई जिताउन सफल भएका थिए । सन् २०११ को अप्रिल २ अर्थात आजकै दिन श्रीलङ्कालाई हराउँदै भारतले वर्ल्डकप जितेको थियो । 


२० चैत्र २०७७, शुक्रबार १२:५१ मा प्रकाशित

 

Loading…