Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

करोड भ्युज कमाउने गायक महेश

Author Avatar साझा न्यूज 17th June 2021 , 4:22 PM
करोड भ्युज कमाउने गायक महेश

असारे झरी परिरहेको दिन थियो। महेश काफ्ले कौशलटारस्थित आफ्नो कोठाको झ्यालबाहिर नियालिरहेका थिए। उनलाई त्यो दिन झरीमा छाता ओढेर हिँडेका युवा जोडी अरू दिनभन्दा स्वतन्त्र लाग्यो।

हावासहितको झरीको मौसमले उनको युवा मन चञ्चल बनाइदियो। अनि प्लट बुन्न थाले–

प्रेमीको पर्खाइमा झरीमा रूझेकी युवती। ढिलो आइपुगेर युवतीलाई फकाउने प्रयास गरिरहेको प्रेमी। अनि ती दुईबीचको मायासहितको रमाइलो झगडा।

यही प्लटसँग मिल्दोजुल्दो भावमा उनले शब्द र लय फुराए-

असारे महिना सिमसिमे पानी परिरेहेकै छ नि 

तिमीलाई भेट्न भनेर छाता ओढेर आको सानी

हावा चल्यो सिरिरी आँतै जिरिरी

म बजाउँछु मुरली तिरिरी

तिमी नाच फिरिरी 

गीतको लय बनाएको झन्डै वर्षदिनपछि ‘नाच फिरिरी’ शीर्षक राखी रेकर्ड भएको यो गीतले महेशको जीवन जादूमयी शैलीमा बदलियो। गायिका मेलिना राईसँग गाएको यो युगल गीत मान्छेहरूले रेस्टुरेन्ट, पार्टी प्यालेसदेखि पिकनिक स्थलहरूमा दोहोर्‍याइ-तेहेर्‍याइ घन्काउन थाले। नेपालबाहेक यस गीतलाई भारत, बंगलादेश, अफ्रिकालगायत देशका स्रोता-दर्शकले मन पराएर लेखेका प्रतिक्रिया युट्युब कमेन्ट बक्समा पढ्न पाइन्छ।

दर्जनौंले कभर भिडिओ बनाएको यो गीतमा महेशले मन पराउने र आदर गर्ने कलाकारले प्रतिक्रिया दिए। रामकृष्ण ढकाल र राजेन्द्र थापाजस्ता सर्जकबाट सकारात्मक प्रतिक्रिया पाएका उनको गीतमा प्रियंका कार्की, धुर्मस-सुन्तलीजस्ता कलाकारले टिकटक बनाए।

त्यसबेला ट्रेन्डिङमा परेको नाच फिरिरीको युट्युब भिडिओले सार्वजनिक भएको तीन वर्षमा ७ करोड भ्युज पाइसकेको छ। आफ्नो क्षमताभन्दा बढी चर्चा पाइयो कि भन्ने समेत सोचेका महेश त्यसपछि अर्को गीत निकाल्न हच्किएका  थिए।

नाच फिरिरी सार्वजनिक भएको एक वर्षपछि ‘माया बिरानी’ निकाल्दा पहिला जति चल्दैन भन्ने अनुमान थियो उनको। तर यो पनि नाच फिरिरी जत्तिकै चल्यो। गीतको भ्युज हाल ६ करोड ६५ माथि पुगिसकेको छ। याे पनि उनले मेलिना राईसँगै गाएको गीत हो। यो मात्र होइन त्यसपछि सार्वजनिक उनको ‘लज्जावती झार’को भ्युज २ करोड ४० लाखमाथि छ।

दोस्रो लकडाउन सुरू हुनु केहीअघि महेशले नयाँ गीत ‘तातो गोली’ (माया बिरानी-२) निकालेका छन्। याे गीतले पनि रफ्तारमा भ्युज कमाइरहेको छ। दुई महिना कम समयमा गीतको भ्युज दुई करोड पुग्न लागिसक्यो। समग्रमा उनका चार गीतको भ्युज जोड्ने हो भने बीस करोड पुग्न लागिसक्यो।

‘सबै गीत स्रोता-दर्शकले मन पराउनुभएको छ। म भाग्यमानी गायक हुँ,’ टेलिफोन संवादको सुरूमै महेशले खुसी साटे।

महेशका बुबा ‘बोतलको पानीले’, ‘ए हुलाकी दाइ’, ‘दाइजो’ जस्ता चर्चित गीतका सर्जक हुन्। बुबा भोजराजकै शब्द/संगीतमा दस वर्षको उमेरमा महेशले ‘सानीमा मार्देऊ बरू, बगाइदेउ पानीमा’ गीत गाएका थिए। सीता थापा समेतको स्वर रहेको यो गीत खुब चलेको थियो।

रेडियो कानमै टाँसेर गीत सुन्ने महेशको सानै उमेरमा गीत चर्चित भएको थियो। उनलाई संगीतमा गहिरो लगाव पनि छँदै थियो। तर त्यसपछि वर्षौंसम्म उनले अर्को गीत गाएनन्। ‘त्यो बेला स्वर परिवर्तन हुन लागेको थियो। एसएलसी पनि नजिकै आएकोले पढाइमा केन्द्रित भएँ,’ २४ वर्षीय उनले भने।

संगीतमा रूचि हुँदाहुँदै पनि यसमै करिअर बनाउने उनको कुनै धून थिएन। संगीतजस्तै उनमा खेलकुदप्रति आकर्षण थियो। त्यसैले प्लस-टु सकेपछि खेलकुद पत्रकारितातिर लागे। खेलाडीको वरिपरि हुन र खेलकै लागि यात्रा पनि गर्न पाइने यो पेसामा उनी तीन वर्षभन्दा बढी रमाए। यस अवधिमा पत्रकार महेश र सानीमा गीत गाउने महेश एकै हुन् भन्ने धेरैलाई थाहा हुन थाल्यो।

पत्रकारिताकै क्रममा नयाँनयाँ मान्छे भेटिन्थे। उनीहरू महेशलाई उनको विगत सम्झाउँथे।

‘सानीमा गाउने महेश काफ्ले?,’ भन्ने प्रश्नले उनलाई फेरि गीत रेकर्ड गर्न झकझकाउन थाल्यो। महेशले गाउँछन् भन्ने थाहा पाएपछि बिस्तारै साथीहरूको जमघटमा उनी गाउन बाध्य हुन थाले।

रेकर्ड नगराए पनि उनी नयाँ गीत लेख्ने र त्यसमा लय हाल्ने काम गरिरहेका हुन्थे। साथीहरूलाई तिनै गीत सुनाउँथे। गीत सुन्नेको प्रतिक्रिया हुन्थ्यो, ‘यस्तो राम्रो गाउन जान्ने मान्छे संगीतमा नलागेर किन पत्रकारिता गरिरहेको?’

तिनै प्रश्नले महेशलाई आफ्नो चाहना र प्राथमिकता बुझायो। ‘आफूले आफूलाई चिन्न प्रक्रिया चाहिने रहेछ। त्यही चरणमा म संगीतसँग कति र कसरी जोडिएको रहेछु भन्ने महशुस गर्न थालेँ,’ उनले भने, ‘अनि मैले नयाँ गीत रेकर्ड गर्ने निर्णय गरेँ।’

झट्ट सोच्दा संगीतको पारिवारिक पृष्ठभूमि भएका र आफैं गीत गाइसकेका महेशलाई रेकर्डमा कुनै समस्या नहुनुपर्ने हो। तर आफ्नो एक्लै रमाउने, लजालु स्वभाव बाधक बनिदियो, ‘यो यो मान्छेसँग यस्तो खालको काम गर्छु भन्ने सोच मात्र थियो। तर संगीत क्षेत्रका धेरैसँग घुलमिल नभएकाले नाच फिरिरी गीत बनाउन जिरोबाट सुरू गर्नुपर्‍यो।’

नाच फिरिरी महेशको दोस्रो गीत थियो। तर बुबाको शब्द-संगीत भएको सानीमालाई उनी अवोध उमेरमा गाएको गीत र नाच फिरिरीलाई उनी आफ्नै शैलीको पहिलो गीत मान्छन्। सिन्धुली मूलघर भएका महेशले घरभित्र बुबाले गाउने र रेडियो नेपालबाट प्रसारण हुने लोकगीत सुने। सिन्धुलीको तराईतिरको भू-भाग जोडिएको परिवेशमा हुर्केका उनमा नेपाली, हिन्दी सिनेमा र मैथिली भाषाका संगीतको पनि प्रभाव थियो।

महेशका गीतमा यस्ता सबै संगीतको मिसमास प्रभाव झल्किन्छ। उनका गीतमा पात्र संवाद गरिरहेजस्ता लाग्छन् भने उनको संगीतमा मन छुने मेलोडी पाइन्छ। लोकशैली र समकालीन आधुनिक संगीतको धार मिसाउँदै हिँडेका महेशको गीत बनाउने पनि आफ्नै तरिका छ।

उनी शब्द र धून सिर्जना गर्नेबेला दृश्यको कल्पना गर्दै कथा पनि बुन्छन्। फिल्मको कथाजस्तै परिस्थितिबारे कल्पिन्छन्। गाडीमा यात्रा गर्दा, बाटोमा हिँड्दा वा कोठाभित्रै कल्पेर बुनिएका यी गीतका शब्दमै कथा भेटिन्छ।

महेशका गीत चल्नुको एउटा मुख्य कारण कथामा ढालिएको भिडिओ पनि हो। नाच फिरिरी यताका सबका भिडिओ जी-२१ ले निर्माण गरेको हो। आसिफ शाह र असिम शाहको निर्माणमा बनेका यी भिडिओमा हालसम्म स्वस्तिमा खड्का, निश्चल बस्नेत, नाजिर हुसेन, आँचल शर्माजस्ता कलाकारले अभिनय गरेका छन्।

पछिल्ला वर्षमा सिनेमाका चर्चित कलाकारलाई अभिनय गराएर गीतको भ्युज बढाउने ट्रेन्ड चलेको छ। महेशको गीत चल्नुको कारण कतै यिनै कलाकारको उपस्थिति त होइन?

‘फेस भ्यालु भएका चर्चित कलाकारको उपस्थितिले भिडिओमा दर्शक तान्ने कुरा नकार्न मिल्दैन। तर गीतले लामो समय प्रभाव पार्ने मुख्य आधार अडिओ नै हो,’ उनी भन्छन्, ‘अचेल अडिओमा भन्दा भिडिओमा लगानी गरेको देखिन्छ। तर मैले अडिओ बनाउने प्रक्रियादेखि नै मेहनत गरेको हुन्छु। राम्रो अडिओमा स्तरीय भिडिओ हुँदा त्यसले अझ धेरै दर्शकस्रोता तान्ने मेरो अनुभव छ।’

भिडिओभन्दा पनि गीत बनाउन गरिने मेहनतलाई उनी सफलताको आधार मान्छन्। आफ्ना सबै भिडिओमा देखिएका महेशको अभिनय गर्ने अनुभव पनि रमाइलो छ। नाच फिरिरीमा उनी गायकका रूपमा मात्र देखिएका थिए। लज्जावती झार हुँदै माया बिरानी-२ सम्म आइपुग्दा उनी खुलेर अभिनय गर्न थालेका छन्।

‘अभिनयमा पनि रूचि थियो। त्यो रहर पूरा भइरहेको छ। भिडिओ मभित्रको संकोच मार्ने र स्रोताको नजिक पुग्ने माध्यम पनि बनिरहेको छ,’ उनले भने।

प्रायः भिडिओमा केटाले केटीलाई प्रेम प्रस्ताव राखेको देखाइन्छ। लज्जावती झारमा उनले लजालु केटाको कथा भनेका छन्। त्यो केटा आफूसँग मिल्दोजुल्दो भएकाले काम गर्दा विशेष मज्जा आएको महेश बताउँछन्।

पाँच वर्षअघि महेशको चाहना गीत रेकर्ड गर्नेसम्म मात्र थियो। यसबीचमा कायापलट भएको छ। उनका गीत जति चलेका छन्, त्यस अनुपातमा उनको चर्चा कम भएको हो कि भन्ने पनि लाग्न सक्छ। महेश आफैंलाई पनि यस्तो नलाग्ने होइन। खेद भने मान्दैनन्।

उनले भने, ‘मेरो स्वभाव अनुसार नामभन्दा काम नै चिनियोस् भन्ने लाग्छ। मभन्दा बढी मेरो गीतको चर्चा होस् भन्ने सोच हो, भइरहेको छ। मैले रोजेको बाटो नै यही हो।’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिन्दूर र बनारसी सारीमा ऐश्वर्याको कान्स सौन्दर्य (तस्वीर)

३४ वर्षपछि सलमान-अमिरका फिल्म फेरि हलमा रिलिज हुँदै

गायक बिक्रम जंग शाहको स्वर र नायक पल शाहको अभिनयमा गल्फ्रेन्ड छोडे मैले बजारमा (भिडियो सहित)

प्रमोद अग्रहरि भन्छन्- नेपालमा सस्पेन्स-थ्रिलर फिल्म धेरै बन्नुपर्छ

चार दशकपछि नेवाः सुपरस्टार सिरपा कार्यक्रम

पेसा (कथा)

पेसा (कथा)

भर्खरै प्रकाशित

१६ वर्षमुनिको इस्ट जोन कप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ

‘सङ्घीयता सुदृढीकरणका लागि जनमुखी कानुन निर्माण र कार्यान्वयन प्राथमिकता’

दुई महिनामा ४७ फरार अभियुक्त पक्राउ

दुई महिनामा ४७ फरार अभियुक्त पक्राउ

कृषि क्षेत्रलाई बढावा दिन कपिलवस्तु नगरपालिका ८ ले दयाे कृषकलाई स्प्रेयर ट्यांकी

टोल विकास संस्था सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज