Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

फेवाबाँधको दुर्दशाः ८ करोडको बाँध २ वर्षमै भत्कियो


फेवाबाँधको दुर्दशाः ८ करोडको बाँध २ वर्षमै भत्कियो

गण्डकी । पोखरा महानगरपालिकाले गण्डकी सरकारसँग मिलेर फेवाताल जोगाउन  शिरबाट बग्ने खोलामा ‘चेक ड्याम’ निर्माण गर्‍याे । खासगरी फेवामा पानी मिसिने ठूला ४ खोलामा ‘सिल्ट्रेसन ड्याम’ बनाईएको हो ।

अँधेरी खोला, हर्पन, बेतयानी र लौरुकमा २८ करोड भन्दा बढीको लागतबाट बाँध बनाइए । यि बाँधहरु निर्माण भएको दुई वर्ष नबित्दै भत्किन थालेका छन् । गुणस्तरहीन काम गरेका कारण बाँध कमजोर भएको हो । बुधबार राती हर्पन खोलाको बाँध पूर्ण रुपमा बगाएको छ । बाँध बगेसँगै किनारका बस्तीमा क्षति पुगेको छ भने ठूलो फाँट धान खेत पुरेको छ । यो बाँध झण्डै ८ करोड रुपैयाँको लागतमा बनेको हो ।

‘ड्याम बगेपनि केहि भएन । तर यसको असर बस्तीदेखि धानखेत हुँदै फेवातालसम्म पुग्यो,’ पोखरा २३ का वडाध्यक्ष विष्णु पराजुलीले भने, ‘उबेला राम्रोसँग काम गरिदेऊ भन्दा कसैले सुनेनन् । बालुवा र सिमेण्ट पनि नघोली पर्खाल लगाए । अहिले स्वात्तै बगायो ।’ यो बाँध ७ करोड ८८ लाख रुपैयाँकाे लागतमा बनाईएको थियो । उनका अनुसार नजिकै रहेको अँधेरी खोलाको बाँध पनि भत्किने अवस्थामा पुगेको छ ।

‘बेतयानी र लौरुकमा पानी धेरै आउँदैन । जोखिम पनि कम छ,’ उनले थपे, ‘अरु दुई खोला बहुलाए भने कसैले रोक्न सक्दैन । अँधेरी खोलाको बाँध पनि यहि वर्ष बग्छ ।’ बाँध भत्किँदा लामो समयदेखि बारिएको पानी एकै पटक बगेका कारण त्यसले फेवातालको मुख्य बाँधमा समेत दबाब पुगेको छ । कमसल काम गरेपछि स्थानीयबासिन्दाले पटक पटक विरोध गरेका थिए ।

तर सरोकारवालाले सुनुवाई नगरेपछि त्यसको दुष्परिणाम अहिले ब्यहोर्नु परेको स्थानीयबासिन्दा पवित्रा परियारले बताइन् । ‘कतिबेला हर्पन घोप्टिन्छ भन्ने चिन्ताले राती सुत्नै सक्दिनँ । बाँध बनाएपछि राहत होला भनेको झन् तनाव भयो,’ उनी भन्छिन्, ‘काम राम्रो गरेको भए बच्थ्यो होला । खाने मात्रै भए, जनताको चिन्ता कसलाई होस् ।’

यो बाँधका कारण नयाँ बस्ती र ठूलाखेतको केहि क्षेत्र जोखिममा परेको छ । निर्माण कम्पनीको गलत डिजाइन गरेकै कारण करौडौं लगानी पानीमा बगेको वडा सदस्य भरत भण्डारी बताउँछन् । ‘डिजाईन भएन भन्यौं, सुनेनन् । माल सामान मिलेन भन्यौं, सुनेनन् । नाफा कमाउने ध्यान मात्रै थियो,’ उनले भने, ‘अघिल्लो वर्ष बनाउँदा बनाउँदै पनि बगेको हो । अहिले सप्पै लग्यो ।’ नगरपालिकाले बाँधमा जम्मा भएको ढुंगा गिटी बालुवा निकाल्न दिएको ठेक्काको कारण पनि असर गरेको उनले बताए ।

पोखराले यि बाँधमा जम्मा हुने निर्माण सामग्री उत्खनन् गर्न २४ वर्षका लागि ठेक्का लगाएको छ । पोखरा २३ र २४ मा पर्ने अँधेरीखोलामा निर्मित सिल्टेसन बाँध ९ करोड ६ लाखमा बनेको हो भने पोखरा २४ को वेतयानी खोलामा ५ करोड ४६ लाख तथा पोखरा २४ लौरुकखोलामा ५ करोड ७४ लाखमा ड्याम बनेको थियो । ताल बचाउन बनाईएको बाँधले नै फेवाताल जोखिममा पर्ने देखिएको छ ।

मेयर मानबहादुर जिसी प्राकृतिक समस्याले बाँध फुटेको बताउँछन् । ‘डिजाइन पनि केहि कमजोरी होला । तर बाँध निर्माण भन्दा बढी समस्या पहिरो हो,’ उनले भने, ‘अहिले पनि हर्पनको सिरानमा १० भन्दा बढी नयाँ र ठूला पहिरो झरेको छ । यस्तो पहिरो के गरेर छेक्न सकिन्छ ?’ उनले तत्कालै पहिरो नियन्त्रण र ड्याम पुनः निर्माणमा ध्यान दिने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनअन्तर्गतको  मतदान‍ कार्य जारी

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनअन्तर्गतको मतदान‍ कार्य जारी

हिंसात्मक बाटोमा विप्लव, आपराधिक समूहविरुद्ध आक्रामक हुने प्रहरीको भनाई

विप्लव नेतृत्वको पार्टीले आज विशेष पत्रकार सम्मेलन गर्दै

मन्त्रिपरिषदको बैठक अपराह्न ४ बजे बस्दै

मन्त्रिपरिषदको बैठक अपराह्न ४ बजे बस्दै

भैरहवामा राेकिएको ट्रकमा कार र बस ठोक्किए, एकको मृत्यु

भैरहवामा राेकिएको ट्रकमा कार र बस ठोक्किए, एकको मृत्यु

गण्डकपीडितले  १४ वर्ष बितिसक्दासमेत क्षतिपूर्ति रकम पाएनन्

गण्डकपीडितले १४ वर्ष बितिसक्दासमेत क्षतिपूर्ति रकम पाएनन्

बौद्ध सम्प्रदायको चासोलाई कोषले सधै स्वागत गर्छ : लुम्बिनी विकास कोष

बौद्ध सम्प्रदायको चासोलाई कोषले सधै स्वागत गर्छ : लुम्बिनी विकास कोष

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनअन्तर्गतको  मतदान‍ कार्य जारी

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनअन्तर्गतको मतदान‍ कार्य जारी

हिंसात्मक बाटोमा विप्लव, आपराधिक समूहविरुद्ध आक्रामक हुने प्रहरीको भनाई

विप्लव नेतृत्वको पार्टीले आज विशेष पत्रकार सम्मेलन गर्दै

सञ्चार क्षेत्रप्रतिको चर्को आक्रोशले मानसिक स्तर स्पष्ट !

सञ्चार क्षेत्रप्रतिको चर्को आक्रोशले मानसिक स्तर स्पष्ट !

मन्त्रिपरिषदको बैठक अपराह्न ४ बजे बस्दै

मन्त्रिपरिषदको बैठक अपराह्न ४ बजे बस्दै

भैरहवामा राेकिएको ट्रकमा कार र बस ठोक्किए, एकको मृत्यु

भैरहवामा राेकिएको ट्रकमा कार र बस ठोक्किए, एकको मृत्यु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि