काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटारस्थित सरकारी निवासमा सर्दै हुनुहुन्छ । देउवा आज बिहान १० बजे बालुवाटारस्थित निवासमा सर्न लागेको उहाँको सचिवालयले जनाएको छ ।
गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आउनुभएको छ ।
देउवा मंगलबार साँझ प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाडेर बालकोटस्थित निजी निवासमा सर्नुभएको थियो ।