Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पर्यटन प्रवर्द्धनका लागि लुम्बिनीका होटलमा अफर


पर्यटन प्रवर्द्धनका लागि लुम्बिनीका होटलमा अफर

कोभिड-१९ का कारण धरासायी बनेको लुम्बिनी क्षेत्रको पर्यटन व्यवसायले विभिन्न अफरको सार्वजनिक गर्दै व्यापार खुला गरेको घोषणा गरेका छन् । आन्तरिक पर्यटकलाई लक्ष्य गर्दै यहाँका होटलले आवास र खानामा विभिन्न छुटको व्यवस्था गरेको लुम्बिनी होटल एशोसिएशनले जानकारी दिएको छ ।

होटल एशोसिएशनले छुट अफर सार्वजनिक गर्दै पर्यटकलाई लुम्बिनी आउन निमन्त्रणा गरेका छन् । कोभिडका कारण कमजोर अवस्थामा पुगेको व्यापारलाई सहयोग पुग्ने उद्देश्यका साथ अफर गरिएको हो । ठूलो नोक्सान व्यहोरिसकेका व्यवसायीले यो अफर सार्वजनिक गरेपछि पर्यटक आउने अपेक्षा गरिएको छ ।

लुम्बिनी होटल एशोसियशनले आवासमा २५ प्रतिशत र खानामा १० प्रतिशत छुटको व्यवस्था गरेको होटल एशोसिएशन लुम्बिनीका अध्यक्ष मिथुन श्रेष्ठले जानकारी दिए । लुम्बिनी घुम्न आउने पर्यटकका लागि यो अफर सार्वजनिक गरिएको उनले बताए ।

अध्यक्ष श्रेष्ठका अनुसार होटल बन्द अवस्थामा रहे पनि सफा गर्नुपर्ने, बिजुली, पानी तथा केही कर्मचारी राख्नुपर्ने, घरभाडा तिर्नुपर्नुे बाध्यता रहेकाले यो अफरले केही सहयोग पुग्नेमा विश्वास छ । यो अफरपछि लुम्बिनीमा केही पर्यटक आउने क्रम पनि जारी रहेको देखिन्छ । महामानव गौतमबुद्धको जन्मस्थान लुम्बिनी आउने बौद्धमार्गीलाई समेत यो अफरले सहयोग पुग्ने पर्यटन व्यवसायीले बताउने गरेका छन् ।

लुम्बिनी क्षेत्रका साथसाथै भैरहवा क्षेत्रका होटलले पनि भारी अफरको व्यवस्था गरेको सिद्धार्थ होटल एशोएियशनले जानकारी दिएको छ । चाडपर्व लक्षित दशैँ-तिहारलाई मध्यनजर गरेर घुम्न आउने पर्यटकका लागि विशेष छुटको व्यवस्था गरिएको होटल एशोसिएशनले जनाएको छ । सिद्धार्थ होटल एशोएिशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले आवास २५ देखि ५० प्रतिशतसम्म छुट र खानामा समेत परिकार हेरेर छुटको व्यवस्था गरेको जानकारी दिएका राससले उल्लेख गरेको छ ।

पर्यटक तथा व्यापारी र स्थानीय कार्यक्रमलाई मध्यनजर गरेर गरिएको अफरमा अवस्था हेरेर विशेष छुट होटलले गरेका छन् । अध्यक्ष श्रेष्ठले भने, ‘पर्यटन व्यवसायलाई जीवित राख्नका लागि सरकारले पनि सहुलियतमा विद्युत् तथा बैंक ब्याजमा सहयोग पुर्‍याउनु पर्दछ । सीमानाका बन्दका कारण भारतीय तथा तेस्रो मुलुकबाट पर्यटक आउन छाडेपछि आन्तरिक पर्यटकलाई मध्यनजर गरेर अफरका कार्यक्रम ल्याएको हो ।’

नेपाल–भारत सीमानाका बन्द हुँदा यस क्षेत्रमा सबैभन्दा बढी मार पर्यटन व्यवसायी परेका छन् । दैनिक सयौँ भारतीय ट्रक तथा कन्टेनर नेपाल भित्रिने गरेका छन् । तर पर्यटकलाई भने नेपालमा प्रवेश निषेध गरिएको छ । यसले गर्दा व्यवसायी मारमा परेको पर्यटन व्यवसायीको गुनासो रहेको छ । बाह्य पर्यटक मात्र नभएर आन्तरिक पर्यटकसमेत लुम्बिनी क्षेत्रमा आउँदा सुरक्षाकर्मीबाट सोधपुछ र जाँच गर्दासमेत पर्यटन व्यवसायीलाई समस्या परेको देखिन्छ । यसलाई मध्यनजर गरेर कोभिडविरुद्ध खोप लगाएका तथा पिसिआर जाँच गरेका पर्यटकलाई होटलमा आवतजावत व्यवस्था गर्ने होटल व्यवसायीले बताएका छन् । व्यवसायीले लुम्बिनी क्षेत्र पर्यटकलाई घुम्नका लागि समेत कुनै बाधा नपु¥याउन सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जनता समाज पार्टीका पुर्व जिल्ला इन्चार्ज जनमतमा प्रबेश

जनता समाज पार्टीका पुर्व जिल्ला इन्चार्ज जनमतमा प्रबेश

अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

कपिलवस्तु बहुमुखी क्याम्पस पुर्व बिद्यार्थी संगठनको अध्यक्षमा यादव

कपिलवस्तु बहुमुखी क्याम्पस पुर्व बिद्यार्थी संगठनको अध्यक्षमा यादव

अदालतले अभिनेता केसीलाई ३ दिन हिरासतमा राख्न दियो अनुमति

अदालतले अभिनेता केसीलाई ३ दिन हिरासतमा राख्न दियो अनुमति

सशस्त्रका प्रहरी सहायक हवल्दार घुससहित पक्राउ

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवविरुद्ध मुद्दा दायर

३३ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस, ४० जेष्ठ नागरिकलाई सम्मान

३३ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस, ४० जेष्ठ नागरिकलाई सम्मान

भर्खरै प्रकाशित

जनता समाज पार्टीका पुर्व जिल्ला इन्चार्ज जनमतमा प्रबेश

जनता समाज पार्टीका पुर्व जिल्ला इन्चार्ज जनमतमा प्रबेश

अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

मनसुन लम्बिएपछि मौसम विज्ञानको चेतावनी : ‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ’

मनसुन लम्बिएपछि मौसम विज्ञानको चेतावनी : ‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ’

Бонусы казино Pin Up за сентябрь 2023 бездепозитный за регистрацию, бонус коды на фриспины и промокоды от casino r

Pin up casino Пин ап казино вход на официальный сайт Зеркал

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज