काठमाडौं, असोज १२ गते । ल्यान्डिङ गियर (पाङग्रा) नखुलेर सोमबार दुई घण्टा आकाशमा उडेको बुद्ध एयरको (एन एएनआइ) जहाजको प्राविधिक समस्या समधान भई उड्न सिफारिस गरेको नागरिक उडड्यन प्राधिकरणले जनाएको छ । सोमबार काठमाडौंबाट विराटनगरका लागि उडेको उक्त जहाज पाङग्रा नखुलेर समस्या आएको थियो ।
फ्लाइट सेफ्टी स्टान्डर्ड डिपार्टमेन्टका इन्जिनियर र पाइलटले जहाजमा देखिएको समस्या समधान भएर उड्नका लागि सिफारिस गरेकाले जहाज विहानै देखि उड्न शुरु गरेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिनुभयो । बुद्ध एयरको इन्जिनियरले जहाजमा समस्या नभएको भन्दै उड्न अनुमती माग गरेपछि प्राधिकरणले थपजाँच गरी उडान गर्न अनुमती दिएको शेर्पाले बताउनुभयो ।
बरिष्ठ पाइलट एजि शेर्पाले उडाएको जहाजमा समस्या आएपछि विराटनगर अवतरण नगरी काठमाडौंनै फर्किएर दुई घण्टा आकाशमा उडेपछि सकुसल अवतरण गरेको थियो । सोमबार विहानै बुद्ध एयरको ९एन एजेओ जहाज काठमाडौंबाट पोखरा जानेक्रममा ककपिटबाट धुवाँ आएपछि पुनः काठमाडौंनै फर्किएर अवतरण भएको थियो । उक्त जहाजले पनि उडान अनुमती पाएको प्राधिकरणले जनाएको छ ।