नेपाली काँग्रेस विजयनगर गाउँ सभापतिमा जानकी प्रसाद यादव विजयी हुनु भएको छ । बुधवार भएको चुनावमा प्रतिस्पर्धी राजेश उपाध्यायलाई १ मतान्तरले उछुन्दै यादव सभापति बन्नु भएको हो । पालिकामा १०९ मतदाता रहेकको थियो । जसमा १०६ मत मात्र खसेको थियो ।
जसमा यादवले ५२ मत प्राप्त गर्नु भएको छ भने उपाध्यायले ५२ मत प्राप्त गर्नु भएको छ । १ सय ६ मतमा १ मत बदर भएको निर्वाचन अधिकृत बलदेव लामिछानेले बताउनु भएको छ । विजयनगरको सभापतिमा आपसी सहमति नभएपछि चुनाव प्रक्रिया गएको थियो ।