काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष चार देशका राजदूतहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्र बुझाएको खबर प्राप्त भएको छ । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्रहरुको बुझाएको राष्ट्रपति कार्यालयको स्रोतले जनाएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तका अनुसार ओहदाको प्रमाणपत्र बुझाउनेहरुमा नेपालका लागि इजिष्टियन राजदूत नोहा ह्यामडी अहमद इलिजिबली, नेपालका लागि जर्मन राजदूत डा. थोमस हेनरिक प्रिन्ज, नेपालका लागि नर्वेजियन राजदूत तोरुम ड्रामदल र नेपालका लागि फ्रान्सेली राजदूत जिल गुर्बाओ रहेका छन् । उनीहरु चारैजना नेपालका लागि आवासीय राजदूतहरु हुन् ।