काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहको आज जन्मदिन । उनि ४५ वर्षमा लागेकी छन्। उनी सन् १९७६ अक्टोबर १ मा भारतको राजस्थानमा जन्मिएकी हुन्।
हिमानी सूर्यवंशी राजकूलका राजा विक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हुन्। तत्कालीन युवराज पारस शाहसँग २०५६ माघ ११ गते विवाह बन्धनमा बाँधिएकी शाहका एक छोरा र दुई छोरी छन्।
हिमानी सामाजिक काममा सक्रिय छन्। उनले राजनीतिबाट टाढा रहेर हिमानी ट्रष्टमार्फत सामाजिक कार्य गर्दै आएकी छन्।