Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कांग्रेसको प्रतिनिधिमण्डल र भारतीय विदेशमन्त्रीबीच दिल्लीमा भेटवार्ता


कांग्रेसको प्रतिनिधिमण्डल र भारतीय विदेशमन्त्रीबीच दिल्लीमा भेटवार्ता

भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिभण्डलले आज भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोलीले आज अपराह्न विदेशमन्त्रीसँग भेटवार्ता गरेको नयाँ दिल्लीबाट डा. महतल जानकारी दिनुभयो ।

सो भेटका क्रममा नेपाल भारत सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । वार्ता निकै फलदायी भएको र नेपाल भारत सीमा, हालै महाकाली नदीमा भएको तुइन प्रकरण, कोभिड समस्या तथा दुई देशबीचका सम्बन्धका विविध विषयमा कुराकानी भएको उहाँले जानकारी दिनुभयो ।

दुई देशबीचमा पछिल्लो समयमा देखिएको सीमासम्बन्धी समस्याको बारेमा आफूले विदेशमन्त्री जयशंकरलाई जानकारी गराएको र सीमा समस्याको समाधानका लागि तत्कालै कूटनीतिक माध्यमबाट वार्ता गरी समाधानको खोजी गर्न आफूले गरेको आग्रहलाई विदेशमन्त्रीले सकारात्मकरुपमा यसको समाधानका लागि भारततर्फबाट छिट्टै अग्रसरता लिइने बताउनुभएको डा. महतले जानकारी दिनुभयो ।

त्यसैगरी महाकालीको तुइन प्रकरणका विषयमा पनि आफूले विदेशमन्त्री जयशंकरसँग कुरा राखेको उहाँले बताउनुभयो । यस विषयमा नेपाल सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा भारतलाई कूटनीतिक नोटसमेत पठाइएको र त्यस विषयमा अध्ययन गरेर निकास निकाल्न आग्रह गरेको उहाँले जानकारी दिनुभयो ।

सो भेटका क्रममा यसअघि भएको सहमति बमोजिम नेपाललाई कोरोना विरुद्धको कोभिसिल्ड खोप पठाउन आग्रह गरिएको र ती खोप भारत सरकारले जतिसक्दो चाँडै नेपाल पठाउने जानकारी विदेशमन्त्री जयशंकरले दिनुभएको पनि डा महतले बताउनुभयो ।

उक्त द्धिपक्षीय भेटमा नेपालका तर्फबाट डा महतसहित नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशमशेर राणा तथा भारतका तर्फबाट विदेशमन्त्री जयशंकरसहित भारतीय जनता पार्टीका नेताद्वय विजय चौथाइवाले र आश्विन जोहर हुनुहुन्थ्यो ।

भारतीय जनता पार्टीको आमन्त्रणामा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका सहमहामन्त्री डा. महत नेतृत्वको सो टोली बिहीबार भारत पुगेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

उपाध्यक्ष डा लामाले तिलौराकोट सरसफाईमा खटिएका सेनालाई दिए धन्यवाद

उपाध्यक्ष डा लामाले तिलौराकोट सरसफाईमा खटिएका सेनालाई दिए धन्यवाद

मोहम्मद जयन्तीको अवसरमा कपिलबस्तुका स्थानीय तहले दिए बिदा

मोहम्मद जयन्तीको अवसरमा कपिलबस्तुका स्थानीय तहले दिए बिदा

लुम्बिनी क्षेत्रका पर्यटकलाई बर्दियासम्म ल्याउनुपर्छ : मुख्यमन्त्री चौधरी

लुम्बिनी क्षेत्रका पर्यटकलाई बर्दियासम्म ल्याउनुपर्छ : मुख्यमन्त्री चौधरी

पत्रकारिता क्षेत्रमा कार्यरत ज्येष्ठ पत्रकारलाई पेन्सनका लागि खुल्यो आवेदन

पत्रकारिता क्षेत्रमा कार्यरत ज्येष्ठ पत्रकारलाई पेन्सनका लागि खुल्यो आवेदन

कपिलवस्तुमा चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता

कपिलवस्तुमा चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता

४४ औ विश्व पर्यटन दिवसमा पर्यटकलाई लुम्बिनीमा स्वागत

४४ औ विश्व पर्यटन दिवसमा पर्यटकलाई लुम्बिनीमा स्वागत

भर्खरै प्रकाशित

उपाध्यक्ष डा लामाले तिलौराकोट सरसफाईमा खटिएका सेनालाई दिए धन्यवाद

उपाध्यक्ष डा लामाले तिलौराकोट सरसफाईमा खटिएका सेनालाई दिए धन्यवाद

मोहम्मद जयन्तीको अवसरमा कपिलबस्तुका स्थानीय तहले दिए बिदा

मोहम्मद जयन्तीको अवसरमा कपिलबस्तुका स्थानीय तहले दिए बिदा

लुम्बिनी क्षेत्रका पर्यटकलाई बर्दियासम्म ल्याउनुपर्छ : मुख्यमन्त्री चौधरी

लुम्बिनी क्षेत्रका पर्यटकलाई बर्दियासम्म ल्याउनुपर्छ : मुख्यमन्त्री चौधरी

पत्रकारिता क्षेत्रमा कार्यरत ज्येष्ठ पत्रकारलाई पेन्सनका लागि खुल्यो आवेदन

पत्रकारिता क्षेत्रमा कार्यरत ज्येष्ठ पत्रकारलाई पेन्सनका लागि खुल्यो आवेदन

कपिलवस्तुमा चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता

कपिलवस्तुमा चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज