काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज (आइतबार) पोखरा जाँदै छन् । गण्डकी प्रदेशलाई पूर्ण साक्षर घोषणा कार्यक्रममा सहभागी हुन आज पोखरा जान लागेका हुन् ।
देउवा बिहान साढे १० बजे पोखरा विमानस्थल पुग्ने कार्यक्रम तय भएको प्रधानमन्त्री देउवाको निजी सचिवालयले जानकारी दिएको छ । पूर्ण साक्षर प्रदेश घोषणा सभालाई बिहान ११ बजे सम्बोधन गर्ने कार्यक्रम छन् ।
दिउँसो ३ बजे पोखरा – १७ मा चियापान एवं अन्य कार्यक्रममा सहभागी हुनेछन् भने अपराह्न ५ बजेपछि राष्ट्र बैंक गेस्ट हाउसमा कार्यकर्तासँग भेटघाट गर्नेछन् ।
देउवा आइतबार पोखरामै बस्नेछन् । सोमबार बिहान निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थल निरीक्षण गर्ने कार्यक्रम छ ।