प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न स्थानमा भएका सडक दुर्घटनाबाट जनधनको ठूलो क्षति भएकोप्रति दुःख प्रकट गरेका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत देउवाले दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत र घाइतेको उद्धार एवं निशुल्क उपचारको व्यवस्था गर्ने पनि जनाएका छन्।
साथै उनले सडक दुर्घटना न्यूनीकरणका लागि सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि ध्यानाकर्षण गराएका छन्।
‘मुगु, कास्की र अछाममा भएको सडक दुर्घटनाले म स्तव्ध भएको छु। दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछु। दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत र घाइतेको उद्धार एवं निशुल्क उपचार सरकारले गर्नेछ’ प्रधानमन्त्रीले भनेका छन्, ‘सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक–निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि म सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछु।’