काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले बुबाको हातबाट टीका ग्रहण गरेका छन् ।
समाजवादी पार्टीका संघीय अध्यक्ष समेत रहेका भट्टराईले ९२ वर्षीय बुबा भोजप्रसाद भट्टराईको हातबाट बडादसैँको अवसरमा टीका ग्रहण गरेका हुन् । उनका परिवारले नै बुबाबाट टीका तथा आशीर्वाद थापेका छन् ।
बडादसैँको मुख्य दिन आज विजयादशमीमा मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदै छ ।