काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई बाढीपहिरो प्रभावित क्षेत्रको उद्धार गर्न निर्देशन दिएका छन्।
आज बालुवाटारमा प्रधानमन्त्री देउवाले गृहमन्त्री खाणलाई बाढीपहिरो प्रभावितलाई राहतको व्यवस्था गर्न पनि निर्देशन दिएका छन्। गत शनिबारदेखि देशका विभिन्न क्षेत्रमा पानी परिरहेको छ। खोला तथा नदीहरूमा बाढी आएका छन्। महाकाली र सेतीलगायत नदीले कटान गरेपछि बस्तीमा समेत बाढी पसेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षाका कारण बाढी पहिरो र डुबानबाट प्रभावितहरूलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्री खाणलाई निर्देशन दिएका छन् ।