-सुमन सुस्केरा, बिराटनगर
बेमौसमी वर्षाको कारण नागरिकको जनजीवन प्रभावित भएको छ । सोमबार दिउँसो देखि परेको अविरल वर्षाको कारण सर्वसाधारणको जनजीवन प्रभावित भएको छ ।
वर्षाको कारण धानबाली कतै लडेको छ त कतै काटेको ठाउँमै डुबेको छ । झरीसँगै निरन्तरको हावाहुरीले पाकेको धान थन्क्याउन नपाएको किसानले बताएका छन् ।
















