कपिलबस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका १० धर्मपुर गाउँनजिक रहेको घोरही नालाको बाढीले बुधबार दिउसो दुई महिलालाई बगाएको छ ।
नाला छेउछाउ तरकारी टिपेर घर ढढिहवा गाउँ फर्कने क्रममा उनीहरुलाई बाढीले बगाएको थियो । उनीहरुमध्ये ३२ वर्षिया सीता थारुको शव सय मिटर तल भेटिएको प्रहरीले जनाएकोछ ।
अर्की १४ वर्षिया सृजना थारुको शव भने अझै फेला परेको छैन। उनको खोजी कार्य भईरहेको जिल्ला प्रहरी प्रमुख उपरिक्षक दानबहादुर कार्कीले बताए ।