Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

माइतीपक्षले एघार लाख बुझेपछि डेढ महिनापछि गरियो सीता भण्डारीको दाहसंस्कार


माइतीपक्षले एघार लाख बुझेपछि डेढ महिनापछि गरियो सीता भण्डारीको दाहसंस्कार

मृतक सीता भण्डारीको न्यायको लागि भन्दै करिब डेढ महिनादेखि रुपन्देहीमा सुरु भएको आन्दोलन रोकिएको छ । सीताका माइती पक्षले शवको अन्तिम संस्कार गरेका छन् । सीताको मृत्यु भएको ४६ दिनपछि उनको अन्तिम संस्कार भएको हो ।

सीताको रहस्यमय निधन भएको र परिवारलाई कारवाहीको दायरामा ल्याउनुपर्ने माग राखेर सीताको माइतीपक्षको आग्रहमा आन्दोलन शुरु गरिएको थियो । रुपन्देहीको मणिग्राममा बहुचर्चित भनिएको भण्डारी पौडेल मृत्यु घटना अन्ततः पैसाको लेनदेनमा सकिएको अभियानकर्मीहरुको आरोप छ ।

माइतीपक्षले सीताको श्रीमानका परिवारबाट ११ लाख रुपैयाँ लिएर सहमति गरेका छन् । उनीहरुले यस्तो सहमति गरेपछि जस्टिस फर सीता भन्दै अभियान चलाएकाहरु आश्चर्यमा परेका छन् ।

गत भदौ २० गते बिहान सीता आफ्नै कोठामा मृत फेला परेकी थिइन् । तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्रामस्थित घरमा मृत फेला परेकी सीताका माइतीले लामो समयदेखि आन्दोलन गर्दै आएका थिए । भण्डारीको मृत्यु भएको ४६ दिनपछि मात्रै माइतीपक्षले पौडेल परिवारबाट ११ लाख रुपैयाँको चेक बुझेपछि बुधबार अन्त्येष्टि गर्न सहमति दिएका थिए ।

तिलोत्तमा नगरपालिका र बुटवल उपमहानगरपालिकाको सीमा क्षेत्रमा रहेको मगरघाटमा माइतीपक्ष समेतको सहभागितामा बुधबार सीताको अन्तिम संस्कार गरिएको रुपन्देही प्रहरीले जनाएको छ।

तिलोत्तमा नगरपालिका – १७ गंगोलियामा रहेको मध्यस्थकर्ताको घरमा भएको लिखित सहमतिअनुसार सीताका भाइले भिनाजु (टीका पौडेल)लाई दिएको सापटी एक लाख रुपैयाँ र विवाह गर्दा लागेको खर्च बापतको १० लाख रुपैयाँको चेक सीताका ससुरा देवी पौडेलले दिएपछि सहमति भएको हो । माइतीपक्षले सीतालाई विवाहमा दिएको दाइजो यसअघि नै फिर्ता लगेका थिए ।

गत भदौ २० गते बिहान आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी सीताको न्यायको लागि भन्दै ‘जस्टिस फर सीता भण्डारी’ भन्ने अभियान सञ्चालन गरेर आन्दोलन जारी थियो ।

प्रहरीले अनुसन्धानको क्रममा सीताको मोबाइलबाट ‘..मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनी भयो भने म हजुरहरूकै काखबाट जन्मिन चाहन्छु, मलाई यो जिन्दगीबाट पुग्यो, म सकिनँ बाँच्न…’ भनी लेखिएको नोट फेला परेको थियो । तर माइतीपक्षले भने सीतालाई यस्तो अवस्थामा पुऱ्याउने उनकै परिवार हो भन्दै कारवाहीको माग राखेका थिए ।

सीताका बुबा हरिप्रसाद भण्डारीले जाहेरी दिएपछि सीताका श्रीमान् टीका पौडेल, आमाजु (दिदी) बिष्णु पौडेल र जेठाजु हरिप्रसाद पौडेल दुरूत्साहन मुद्दामा पुर्पक्षका लागि थुनामा गएका छन् । २७ वर्षीया सीता आफ्नै घर कोठामा मृत अवस्थामा फेला परेको सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा अनुसन्धान भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

उपाध्यक्ष ल्हारक्यालले मायादेवी मन्दिर जीर्णोद्धारमा ७ करोड दिने

बढ्याे मायादेवी मन्दिरको प्रवेश शुल्क

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार

मन्त्री आचार्यका सय दिन : मन्त्रालय र जिल्ला जोड्नेदेखि नीतिगत सुधारसम्म

एसडिजीले तय गरेको रणनैतिक कार्यविधिलाई हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्नुपर्छ: मन्त्री आचार्य

आयुर्वेद केन्द्रमा सेवाग्राही निरन्तर बढदै, दरबन्दी ४० बर्ष अघि कै यथावत, बजेट पनि झन घट्यो

आयुर्वेद केन्द्रमा सेवाग्राही निरन्तर बढदै, दरबन्दी ४० बर्ष अघि कै यथावत, बजेट पनि झन घट्यो

जथाभावी फोहोर फाल्नेलाई जरिवाना गरिने

जथाभावी फोहोर फाल्नेलाई जरिवाना गरिने

झडपपछि अवस्था तनावग्रस्त, प्रहरी र मानव अधिकारकर्मी घटनास्थलमा

झडपपछि अवस्था तनावग्रस्त, प्रहरी र मानव अधिकारकर्मी घटनास्थलमा

भर्खरै प्रकाशित

मुख्यमन्त्री चौधरीले गरे प्रमुख राजनीतिक सल्लाहकार नियुक्त

मुख्यमन्त्री चौधरीले गरे प्रमुख राजनीतिक सल्लाहकार नियुक्त

उपाध्यक्ष ल्हारक्यालले मायादेवी मन्दिर जीर्णोद्धारमा ७ करोड दिने

बढ्याे मायादेवी मन्दिरको प्रवेश शुल्क

सगरमाथा क्षेत्र पुग्ने पर्यटकको सङ्ख्या ८४ प्रतिशतले बढ्यो

सगरमाथा क्षेत्र पुग्ने पर्यटकको सङ्ख्या ८४ प्रतिशतले बढ्यो

कपिलबस्तु आउदै शेखर कोईराला र मन्त्री आचार्य

कपिलबस्तु आउदै शेखर कोईराला र मन्त्री आचार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज