साझा न्यूज । कपिलवस्तु
सिटिजन लाईफ ईन्सुरेन्स कम्पनीको चौथो वार्षिक उत्सवको अवसर पारेर कपिलवस्तुको जितपुर शाखा र चन्द्रौटा शाखाको संयुक्त आयोजनामा तौलिहवा स्थित बालगृहका बालबालिकाहरुलाई खाद्य सामाग्री तथा नास्ता वितरण गरिएको छ । जीवनको हरेक क्षणमा जीवन विमाको महत्व रहेको बताउंदै मानवीय सेवामा सिटिजन लाईफ ईन्सुरेन्सको उपस्थितिलाई बलियो बनाउन आफुहरु सक्रिय भई लागेको सिटिजन लाईफ ईन्सुरेन्सका एरिया ब्रान्च म्यानेजर लक्ष्मण मरासिनीले बताए ।
बालबालिकाहरुलाई ईन्सुरेन्स कम्पनीका तर्फबाट एरिया ब्रान्च म्यानेजर लक्ष्मण मरासिनी, जितपुर शाखाकी प्रवन्धक संझना रेग्मी, व्यवसाय विकास संयोजक दिपक कुंवर लगायतले सो खाद्य सामाग्रीहरु वितरण गरेका थिए ।
जन्म देखि मृत्यु पर्यन्त सम्म नै जीवन विमा ठुलो महत्व रहेको बताउंदै बजारमा रहेका अन्य वीमा कम्पनीको तुलनामा आफुहरुको कम्पनीको विमा पोलिसी निकै प्रभावकारी रहेको शाखा प्रवन्धक सम्झना रेग्मीले बताईन् ।
कार्यक्रममा एजेन्सी म्यानेजरहरु अन्जु अधिकारी, सृजना अधिकारी, कला आचार्य, राधा रानाभाट, विष्णु गैरे, लक्ष्मी गैरे र ईन्दिरा तिमिल्सिना, सिनियर एजेन्सी म्यानेजर एमडीआरटी मधु भुषाल लगायतको उपस्थिति रहेको थियो । कपिलवस्तु वालगृहका प्रमुख राम प्रसाद अर्यालले बालबालिकाहरुलाई निरन्तर रुपमा यस्तै सहयोगको खांचो रहेको बताउंदै सहयोगी हातहरु प्रति धन्यवाद ज्ञापन गरेका छन् ।